नेपाल संसारकै लागि पवित्र देवभूमी हो । – पूर्ण छन्तेल

पूर्विय दर्शनको जन्मथलो नेपालको तर्फबाट हामीले शान्ति र भाईचाराको सन्देश दिन सकिन्छ

0 3

purna-our-22

नेपाल वास्तवमै धार्मिक हिसाबले धार्मिक सहिष्णुता भएको देश हो । तर पनि यहाँ धर्मको नाममा रहेका विसंगतिहरु लाई न्यूनीकरण गर्दै सहि सन्देश प्रवाह गर्नु हामी सबैको दायित्व हुन आउँछ । यहि विषयमा जोड दिदै पूर्ण छन्तेलले धार्मिक सहिष्णुता र आध्यात्मिक क्षेत्रमा आफ्नो तर्फबाट गर्न सक्ने कार्यमा सहभागी हुदै गएको कुरा बताउनु भयो ।
तर नेपालमा जति पनि धार्मिक संघ संस्थाहरु बनाएका छन तिनीहरुको बृहत एकता भएर नेपाललाई हिन्दु राज्य कायम गर्ने काम्मा जुट्नुपर्छ । भाई टुट्यो गवार लुट्यो । त्यो स्थिती अहिले हाम्रो देशमा भएको छ । हामी सबै धार्मिक आध्यात्मिक संघ संस्थाहरु मिलेर नेपाललाई पवित्र देशभूमीको रुपमै पूर्नस्थापना गर्ने काममा लाग्नु पर्छ भन्दै वहाँले सबै धार्मिक संघ संस्था र आम नेपालीहरुप्रति आब्हान गर्नु भएको छ ।

नेपालको राप्ती अञ्चल दाड.ग जिल्ला, तुल्सीपुरमा जन्मनु भएका पूर्ण छन्तेल सानै उमेर देखि खेलकुद क्षेत्रमा लाग्नु भएको हो । नेपाल कराते महासंघका पश्चिम नेपाल क्षेत्रको महासंघ संयोजक समेत हुनुहुन्छ । बाल्यकाल देखि नै खेलकुद प्रतिको रुचीका साथै सामाजिक कार्यमा समेत अग्रसरता देखाउदै आउनु भएका छन्तेल बिभिन्न सामाजिक संघ संस्थाहरुमा आबद्ध हुनुहुन्छ । वहाँ कराते खेलाडीको रुपमा स्वदेश तथा विदेशमा पनि परिचित हुनुहुन्छ ।
खेलकुदका साथै वहाँ धार्मिक क्षेत्रमा पनि निक्कै रुचीमा साथ अगाडी बढिरहनु भएको छ । स्व. राजा महेन्द्र र
योगी नरहरीनाथले स्थापना गरेको बृहत आध्यात्मीक परिषदमा अध्यक्ष समेत हुनु भएको थियो । यसै दौरानमा वहाँ नेपालको धार्मिक क्षेत्रमा देखिएका विकृति विसंगतीलाई न्यूनकरण गर्नका लागि लागि पर्नु भएकोे छ । वहाँका अनुसार नेपाल ऋषिमुनीको तपोभूमी भएको र नेपाललाई संसारमा मठ मन्दिर, चैत्य, गुम्बा लगायतका धार्मिक स्थलहरु रहेको देवभूमीको रुपमा परिचित भएकोले पनि नेपालका तर्फबाट विश्व मानवलाई सहि सन्देश, शान्तिको सन्देश दिन सकिन्छ भन्ने मान्यता रहेको छ । हुन पनि आज संसारमा बुद्धको शान्ति सन्देश फैलिरहेको अवस्थालाई हेर्दा पूर्विय दर्शनको जन्मथलो नेपालको तर्फबाट हामीले साच्चै शान्ति र भाईचाराको सन्देश दिन सकिन्छ भन्ने कुरामा सायदै कसैको बिमति होला ।

अहिले मुलुकमा खेलाडी, कलाकार र पत्रकारहरुले आफ्ना राजनीतिक दलहरुको पछाडी नलागेर स्वस्फुर्त रुपमा समाज र देशको समग्र विकास र समृद्धिका लागि अगाडी बढ्नु पर्ने बेला आएको छ । देश दिन प्रतिदिन आर्थिक, सांस्कृतिक, राजनीतिक रुपमा विदेशी शक्तिहरुले यो स्वर्ग भूमीलाई चारैतिरबाट हस्तक्षेप गरिहेका छन । यसलाई हामी सबै देशभक्तहरुले मिलेर त्यसको प्रतिकार गर्दै अगाडी बढ्नुपर्ने अवस्था आएको वहाँले बताउनु भयो ।
अहिले देशमा देखिएका राजनीतिक दल र उनीहरुका गतिविधिले संसारको सबै भन्दा जेठो सभ्यता र संस्कृति बोकेको मात्रै होईन प्राकृतिक सुन्दरता र प्राकृतिक स्रोतले विश्वकै धनी नेपाललाई असफल र गरिबीको खाल्डोतिर धकेल्ने काम गरेका छन । यस्ता विषयहरुमा आम नेपाली जनताहरुले राम्ररी सोचेर अगाडी बढ्नु आजको आवश्यकता हो । छन्तेलले भन्नुभयो ।
पूर्ण छन्तेलको कुराकानीमा आधारित

You might also like More from author