अख्तियारको कामकारबाही जारी राख्न प्रधानमन्त्रीको आग्रह

0 20

काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त आयुक्त दीप बस्न्यातसहितका आयुक्तले भेटवार्ता गर्नुभएको छ ।
prachanda-1-696x392
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछिको अवस्थाका विषयमा केन्द्रित रहेको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नियमित भेटघाटअन्तर्गत आजको भेट भएको बताउनुभयो । भेटमा प्रधानमन्त्रीले स्वायत्त र स्वतन्त्र निकायको रुपमा आफ्नो काम जारी राख्न आयोगलाई आग्रह गर्नुभएको आचार्यले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले आयोगको कामकारबाहीमा राजनीतिक दल र सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
गत कात्तिक ३ गते प्रमुख आयुक्त कार्कीविरुद्ध संसद्मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्रका १५७ सांसदले महाभियोगको प्रस्ताव दर्ता गरेपछि कार्की निलम्बित हुनुभएको छ । हाल वरिष्ठताको आधारमा बस्न्यातले निमित्त प्रमुख आयुक्तको जिम्मेवारी सम्हालिरनुभएको छ ।