सार्वजानिक भयो “कसरी भनु म तिमिलाई”

0 10

our-nepal-sss2
सामाजिक संजाल युटुव मार्फत गायक रन बहादुर खड्काको “कसरी भनु म तिमिलाई” बोलको गीत सार्वजनिक भएको छ । म्यूजिक भिडियो सहित भर्खरैमात्र बजारमा आएको यस गितमा गायक खडका कै शब्द तथा संगित रहेको छ ।

उक्त गीतको भिडीयोमा मुख्य भुमिका रुपमा भुमि चौहान, मधु न्यौपाने र समिर बुढाथोकीले अभिनय गरेका छन् । नेपाली गीत संगीतको निकै माया गर्न रुचाउने खड्का हाल विदेशी भूमिमा रहेर पनि आफनो भाषा कला र साहित्यको विकाशमा उत्तिकै लाग्दै आइरहेका छन ।

कला, साहित्य, र खेलकुदमा समेत उत्तिकै रुचिराख्ने खड्कका सामाजिक सेवा गर्न मनपराउछन ।
भुटानको दागानामा २०४३ सालमा जन्मीएका खड्कका हाल पुर्नवासका क्रममा अमेरीकाको ओहायो राज्यको लेकहुड शहरमा बस्दैआएका छन ।

“मेमोरीज” एल्बममा समाबेश उक्त म्यूजिक भिडीयोमा निर्देशन ज्ञानेन्द्र कोइरालाले गरेका हुन ।

बिदेसी भुमिमा रहेपनि खड्काले नेपालि संगित क्षेत्र र नेपाली गित संगितलाई राम्रै कोसेली पस्कियका छन ।