दसैँ मान्न लाखौँको सङ्ख्यामा सर्वसाधारण काठमाण्डौ बाहिरिएपछि उपत्यका सुनसान जस्तै

0 9

images-6

काठमाण्डौ, २४ असोज । दसैँ मान्न लाखौँको सङ्ख्यामा सर्वसाधारण काठमाण्डौ बाहिरिएपछि उपत्यका सुनसान जस्तै रहेको छ ।

काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लाबाट २२ लाखभन्दा बढी मानिस हरु विभिन्न गन्तव्यमा गएका छन् जसका कारण उपत्यकाका मुख्य बजार, सडक चोकका पसल बन्द छन् । सडकमा पातलो सङ्ख्यामा सवारी साधन गुडेका छन् । मानिसको चहलपहल पनि न्यून छ । पर्याप्त सवारी नचल्दा कामकाजी सर्वसाधारण मर्कामा परेका छन्

download-8

उपत्यका छोड्ने सर्वसाधारणभन्दा पनि विभिन्न बाध्यतामा राजधानीमा रहेका सर्वसाधारणलाई दसैँका बेला सवारी साधन, अत्यावश्यक खाद्य पदार्थ तरकारी आदि सामान किन्न र गन्तव्यमा पुग्न समस्या भएको छ ।

download-7

उपत्यकामा यात्रुको सुविधालाई मध्यनजर गरी नेपाल प्रहरी र नेपाली सेनाले विभिन्न रुटमा गाडी सञ्चालन गरिरहेको भएपनि धेरै यात्रु उक्त सेवाको पहुँचमा नभएको बुझिएको छ ।

अत्यावश्यक उपभोग्य वस्तु खरिदका लागि आवतजावतमा असहज भएको मध्यबानेश्वरका सन्दीप थापाले बताउनुभयो ।