संसदमा नास्ता–खानाका लागि मात्रै करोडौ खर्च

0 13

nepali-khana
काठमाडौं , १९ असोज। संसदमा नास्ता–खानाका लागि मात्रै तीन वर्षमा करीव १० करोड ७८ लाख १९ हजार ९ सय ३५ रुपैयाँ खर्च हुने गरेको छ ।

आर्थिक वर्ष ०७०(७१ देखि ०७२(७३ सम्म संसद् सचिवालयले संसदीय समिति, संसदीय दल र सभामुख, उपसभामुखको सचिवालयमा खाना नास्ता लगायतको नाममा रकम खर्च गर्ने गरेको छ ।

पछिल्ला दिनमा खाना–खाजा कुपनको व्यापक दुरुपयोग हुन थालेपछि सभामुख ओनसरी घर्तीले आर्थिक मितव्ययिता अपनाउन भन्दै खाजा खाना कुपन गत १ भदौं वाट कटौती गरेकी थिइन् ।

त्यसको सट्टा संसद सचिवालयले समिति वैठक चल्दा समिति सदस्यहरुलाई विगतमा दिइदै आएको १ सय ५० रुपैया भत्तामा २५० रुपैया थप गदै ४ सय रुपैया उपलब्ध गराउँदै आएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

पछिल्लो तिन वर्षमा संसद सचिवालयले खाना खाजामा नास्ता मात्रै कुल १० करोड ७८ लाख १९ हजवार ९ सय ३५ रुपैया ३१ पैसा खर्च गरेको छ ।

आथिर्क वर्ष २०७०÷०७१ मा १ करोड ५ लाख, ०७१÷०७२ मा ४ करोड ६० हजार ५८ हजार २ सय १० र आर्थिक वर्ष २०७२(०७३ मा ५ करोड १२ लाख ६१ हजार ७२४ रुपैया ७१ पैसा खाना खाजामा सचिवालयले खर्च गर्ने गरेको छ ।