नेपाली कांग्रेसभित्र राज्यमन्त्री छनोटलाई लिएर ठुलो विवाद

October 04 2016 05:44

काठमडौं १८ असोज । नेपाली कांग्रेसभित्र राज्यमन्त्री छनोटलाई लिएर ठुलो विवाद देखिएको छ ।

आकांक्षीहरु बढी हुनु, नेता रामचन्द्र पौडेल पक्षले धेरै संख्या माग गर्नु र प्रधानमन्त्री प्रचण्डले पनि माग गरेभन्दा कम मात्र दिने बताएकाले सभापति शेरबहादुर देउवालाई राज्यमन्त्री चयन गर्न धेरै गार्हो परिरहेको आजको राजधानी दैनिकमा समाचार छ ।

नेपाली कांग्रेसले नौजनालाई राज्यमन्त्री बनाउन माग गरेपनि प्रधानमन्त्री दाहालले आठभन्दा बढी दिन नसकिने सन्देश पठाएका हुन् । प्रधानमन्त्री प्रचण्ड फुल मन्त्रीको आधाभन्दा बढी राज्यमन्त्री बनाउन नहुने पक्षामा छन् ।

नौ जनालाई राज्यमन्त्री बनाउँदा मात्र कांग्रेसको विवाद मिल्ने देखिएको छ । वरिष्ठ नेता पौडेल पक्षधरहरुले चारजनाभन्दा कममा झार्न नसकिने सभापति देउवालाई बताइसकेका छन् ।

deuwa

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top