धान्यञ्चल ज्ञान महायज्ञमा हादिर्क निमन्त्रणा

मुलखर्क भीमसेन मन्दिर निर्माणको सहयोगार्थ श्रीमद् भागवत धान्यञ्चल ज्ञान महायज्ञ

0 1

श्री मुलखर्क भीमसेन मन्दिर संरक्षण समितिको आयोजनामा
बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्ला, कोशीपारी सापिङ्ग –८ स्थित धार्मिक ऐतिहासिक धरोहर मध्येको एक मानिने मुलखर्क भीमसेन मन्Aswin Amritदिरको प्राङ्गागणमा श्रीमद् भागवत धान्यञ्चल ज्ञान महायज्ञ हुने भएको छ .
मुलखर्क भीमसेन मन्दिर हाल भग्नावशेष रहेकोले उक्त मन्दिर निर्माणको सहयोगार्थ गर्न लागिएको यस श्रीमद् भागवत धान्यञ्चल ज्ञान महायज्ञ तथा तुलदान कार्यक्रममा कथाव्यास कथा वाचकद्धय पण्डित श्री अमृत प्र. पराजुली ज्यू र बाल ब्यास पण्डित श्री आश्विन पराजुली ज्यूको मुखारबृन्दबाट संगीतमय कथा प्रवचन साथै भगवानका दिब्य लिला देखाईने कार्यक्रम रहेकाले आयोजक समितिले सम्पूर्ण हिन्दु हरु तथा भागवत भक्त प्रेमीहरुका लागि कथा श्रवणमा आउनु हुन हादिर्क निमन्त्रणा गरेको छ . ’

मिति ः २०७३ साल असोज महिनाको २९ गते बिहान ७ बजेको समयमा सल्ले भुम्लु मानेडाँडा बजारबाट १०८ कलश यात्रा गरी कार्यक्रमस्थल सम्म पुगेर भागवतको कार्यक्रम शुभारम्भ गरिने भएको छ . शुभारम्भ यात्रामा समावेश गरिएका कलशहरु महायज्ञको मुल कलश संगै स्थापित गरि कार्यक्रमको अन्त्यमा पवित्र जल सहितको कलशहरु ईच्छुक भक्तजनहरुलाई उपलब्ध गराउने कार्यक्रम समेत रहेको छ .
यस ज्ञान महायज्ञ कार्यक्रम ९ दिन सञ्चालन भएर कार्तिक ७ गते समापन गरिने सो कार्यक्रमको सह आयोजकमा पराजुली समाज तथा सदबहार युवा कल्ब, सल्ले भुम्लु ५ रहेका छन .

धार्मिक ऐतिहासिक धरोहर मध्येको एक मानिने मुलखर्क भीमसेन मन्दिर निमार्णको शुभ कार्यका लागि आयोजना गरिएको यस ज्ञान महायज्ञलाई सम्पूर्ण रुपमा सफल बनाई दिनु हुन सम्पूर्ण भक्तजनहरु समक्ष हार्दिक अनुरोध गरिरहेको अवस्थामा हामी पनि मुलखर्क भीमसेन मन्दिरको निर्माणका लागि आयोजित यस श्रीमद् भागवत धान्यञ्चल ज्ञान महायज्ञ सफलताको शुभकामना

You might also like More from author