स्टार मेस्सी, खेलका क्रममा घाइते

0 26

काठमाडौं, ६ असोज। अर्जेन्टिनी स्टार लिओनल मेस्सी स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडविरुद्धको खेलका क्रममा घाइते हुन पुगेका छन् ।

खेलको ५९ औं मिनेटमा डिएगो गोडिनको ट्याकलका क्रममा मेस्सी घाइते भएका हुन् । अबको तीन साता सम्म मैदान बाहिर रहने भएका छन् ।

यसअघि उनले चोटकै कारण विश्वकप छनौटमा भेनेजुएलाविरुद्धको खेल गुमाउन पुगेका थिए । यो सिजनमा उनले पाँच वटै खेल खेले ।

मेस्सी च्याम्पियन्स लिग अन्तरगत १९ अक्टोबरमा हुने म्यानचेष्टर सिटीसँगको खेलमा लगबग फर्कने अनुमान लगाइएको छ ।

messi-1