सीमांकन लगायतका मुद्दालाइ संविधान संशोधनको सहमति जुटाउने

0 17

timthumb

काठमाडौं ४ असोज । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड , थारू मधेसीलगायतले उठाएका सीमांकन लगायतका मुद्दालाइ संविधान संशोधनको सहमति जुटाउने पक्षमा छन् ।

कतिसम्म लचिलो बन्न सकिन्छ भन्नेबारे पार्टी नेताहरूसँग छलफल गरिरहेका छन् । मंगलबार बिहान बस्ने केन्द्रीय कार्यालय बैठकमा यसबारे छलफल भएको छ ।

५ नम्बर प्रदेशका पहाडी जिल्लालाई ४ नम्बरमा समेट्ने गरी संशोधन गर्न सकिने धारणा पनि माओवादीको रहेको स्रोतको भनाइ रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

संविधानअनुसार ६५ सदस्यीय राष्ट्रिय सभा गठन हुँदा अहिले संविधानमा उल्लेखित प्रत्येक प्रदेशबाट आठ सदस्य प्रतिनिधित्व हुने व्यवस्थामा लचिलो बन्न सकिने माओवादी छ । प्रत्येक प्रदेशबाट तीनजनाका दरले प्रतिनिधित्वको व्यवस्था गर्ने र अन्य संख्यामा जनसंख्याको आधारमा प्रतिनिधित्व गराउन सकिने छ ।

संविधानमा वैवाहिक अंगीकृत नागरिकता संघीय कानुनअनुसार प्रदान गर्न सकिने उल्लेख छ । यसमा अन्तरिम संविधानमा उल्लेखित ‘प्रचलित कानुन’अनुसार प्रदान गरी संशोधन गर्न सकिने छ । भाषाका विषयमा भने भाषा आयोग बनाएपछि मोर्चाको माग सम्बोधन हुँदै गएको र विवाद कम भएको माओवादीको बुझाइ छ ।