September 19 2016 07:37

काठमाडौं ३ असोज । भनिन्छ, राणा प्रधानमन्त्री जुद्ध शमशेरले पहिलोपटक देशमा सवारी साधन भित्र्याएका थिए । त्यतिखेर राणा प्रधानमन्त्री शमशेरले शौखका लागि बेलायतबाट भारत हुँदै नेपालमा गाडी प्रवेश गराएका थिए । र, त्यसलाई भरिया लगाएर काठमाडौं ल्याइएको थियो ।

आधिकारिक रुपमा सवारी साधनको आयात विवरण र दर्ता प्रक्रिया भने आर्थिक वर्ष २०४६र४७ सालबाट सुरु भएको देखिन्छ । झण्डै २५ वर्षको समयमा नेपालमा कति सवारी भित्रिए होलान् रु त्यसमा पनि कुन सवारी साधन बढी होलान् रु अनुमान लगाउन सक्नुहुन्छ रु

यातायात व्यवस्था विभागका अनुसार नेपालमा दर्ता भएका सवारी साधनको संख्या २३ लाख पुगेको छ । यो संख्या तपाईले अनुमान गरे अनुसार नै होला तर, यसको बढ्दो दर भने अप्रत्यासित नै देखिएको छ । र, हाम्रो सडक विस्तारको गति भन्दा धेरै गुणाले तीव्र गतिमा छ ।

७८ प्रतिशत मोटरसाइकल

विभागले दिएको तथ्यांक अनुसार अहिलेसम्म २३ लाख ३९ हजार १६९ सवारी दर्ता भएका छन् । त्यसमा पनि निजी सवारी सवारीसाधन प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दो छ । विभागमा दर्ता संख्यालाई हेर्दा नेपालका सडकमा गुड्ने सवारीमा ७८ प्रतिशत भन्दा बढी मोटरसाइकल छन् ।

निजी प्रयोजनमा आउने सवारीको संख्या २० लाख २७ हजार ५६ रहेको छ । यो संख्या कुल सवारीको ८६।६५ प्रतिशत हुन आउँछ । जसमा १८ लाख ३५ हजार २८ त मोटरसाइकल मात्र छन् ।
कार, जिप र भ्यानको संख्या भने १ लाख ९२ हजार २८ छ । सार्वजनिक सावारी साधनको यात्रा कष्टकर र असुरक्षित हुँदा निजी सवारी साधन प्रति सर्वसाधारणको आकर्षण बढेको पाइन्छ । त्यसमा पनि समयमै कार्यालयको काममा पुग्न र काठमाडौं तथा शहरी क्षेत्रको जामबाट मुक्त पाउनका लागि पनि बाइक प्रयोग गर्नेहरुको संख्या बढ्दो छ ।

मध्यमवर्गीय परिवार भने कारतिर जाने क्रममा छन् । यसमा बैंकहरुले दिने ‘अटो लोन’ तुलनात्मक रुपमा सस्तो इन्ट्री लेभलको कारको नेपाली बजारमा प्रवेशले पनि आकर्षित गरेको छ ।

बहुसंख्यक मानिसका सार्वजनिक यातायातमा नै यात्रा गर्छन् । तर, यो उनीहरुको बाध्यता हो । बढ्दो ट्राफिक जामलाई न्यूनिकरण गर्न मास ट्रान्जिट उपयुक्त हो र सरकारले पनि सार्वजनिक सवारी साधनमा निजी सवारी साधनमा भन्दा १ सयौं गुणा भन्सार कम लिरहेको छ ।

तर, सार्वजनिक यातायातले आम मानिसलाई आकर्षित गर्न सकेको छैन, किनकी यो अझै अव्यवस्थित छ । यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक यातायातमा प्रयोग हुने बसहरु अहिलेसम्म ४१ हजार ४ थानमात्र विभागमा दर्ता भएका छन् । मिनी बस र मिनी ट्रकलाई एउटै शीर्षकमा राखिएको छ, जसको संख्या २१ हजार ६ सय १४ छ ।

ठूला तथा सार्वजनिक सवारीमा भने प्रत्येक वर्ष भन्सार तथा अन्य विधामा छुट दिइरहेको छ । आर्थिक वर्ष ०४६र४७ देखि ०७०र७१ सम्मको समग्र सवारी दर्ता हेर्दा उतार चढाव आएको देखिन्छ । गत आर्थिक वर्ष पनि अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दर्ता बढेको विभागले जनाएको छ ।

गत आर्थिक वर्षमा ३ लाख ४३ हजार ७ सय ६५ सवारी दर्ता भएका भएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा १ लाख ४ हजार १ सय ८२ ले बढी हो । अघिल्लो आर्थिक वर्ष २ लाख ३९ हजार ५ सय ८३ सवारी दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्ष १ लाख ९६ हजार ३ सय ३८ मोटरसाइकल दर्ता भएका थिए भने गत आर्थिक वर्ष २ लाख ६७ हजार ४ सय ३९ मोटरसाइकल दर्ता भएका छन् ।

कुन सवारी कति दर्ता रु

यातायात व्यवस्था विभागले बस, मिनी बस तथा ट्रक, क्रेन, डोजर, एस्काभेटर, ट्रक, कार, जीप, भ्यान, पिकअप, माइक्रो, टेम्पो, मोटरसाइकल, ट्याक्टर, पावर टेलर लगायतका गाडीहरु दर्ता गर्दै आएको छ ।

vehicles

यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष ०४६र४७ मा ७६ हजार ३ सय ७८ सवारी दर्ता भएका थिए । उक्त संख्या सुरुदेखि ०४७ असारसम्मको हो । त्यसपछि ०४७र४८ मा १३ हजार १४९ सवारी दर्ता भएका थिए भने ०७२र७३ मा आइपुग्दा त्यो संख्या २३ लाख ३९ हजार १ सय ३९ पुगेको छ ।

जसमा नेपालमा सुरुदेखि अहिलेसम्म ४१ हजार ४ थान बस, २१ हजार ६ सय १४ थान मिनी बस तथा मिनी ट्रक दर्ता भएका छन् । यसैगरी ६५ हजार ५ सय ४५ थान क्रेन, डोजर, एक्साभेटर र ट्रक दर्ता भएका छन् ।

१ लाख ९२ हजार २८ थान कार, जीप र भ्यान दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांक छ ।

३४ हजार ९ सय ५६ थान पिकअप, ४ हजार ८ सय ८३ थान माइक्रो, ११ हजार ६ सय ८१ थान टेम्पो, १८ लाख ३५ हजार २८ थान मोटरसाइकल, १ लाख १३ हजार ४ सय ८१ थान ट्रैक्टर तथा पावरटेलर, ११ हजार ८ सय ९४ थान इ(रिक्सा र ७ हजार ५५ थान अन्य प्रकृतिका गाडीहरु दर्ता भएका छन् ।

इ(रिक्सा दर्ता प्रक्रिया भने आर्थिक वर्ष ०७२र७३ बाट मात्र सुरु भएको हो ।

कति छ अटोमा बैंकको लगानी रु

राष्ट्र बैंकका अनुसार ०७३ असार मसान्तसम्ममा गाडी आयातका लागि बैंकहरुले १८ अर्ब करोड ९४ करोड रुपैयाँ लगानी छ । त्यसको ठीक एक वर्षअघि अर्थात् ०७२ असार मसान्तमा गाडी आयात गर्न बैंकहरुले १४ अर्ब ३४ करोड रुपैयाँ मात्रै लगानी गरेका थिए ।

बैंकहरुले गाडी आयात गर्नका लागि व्यापारीलाई ऋण मात्रै दिँदैनन् । उनीहरुले सर्वसाधारणलाई गाडी किन्न पनि ऋण दिन्छन् ।

व्यापारीलाई गाडी आयात गर्न र सर्वसाधारणलाई गाडी किन्न दुबै शीर्षकमा अहिले बैंकहरुले १ खर्ब रुपैयाँ लगानी गरेका छन् । जबकी पाँच वर्षअघि यस्तो कर्जा तथा लगानी २५र३० अर्ब रुपैयाँ मात्रै थियो ।

यसकारण अटो लोनमा आकर्षण

राजनीतिक अस्थीरताका कारण लगानीमैत्री वातावरण बन्न नसक्दा उत्पादनशील क्षेत्रको विस्तार भएको छ । त्यसैले पछिल्ला वर्षहरुमा उद्योगीहरु पनि व्यापारतर्फ आकर्षित भएका छन् । र, बैंकहरुले पनि व्यापारमा ऋण बढाउँदै आएका छन् ।

आम्दानीको स्रोत भएका मान्छेले गाडी किन्ने भएकाले बैंकहरुले अन्य कर्जाको तुलनामाभन्दा छोटो प्रक्रियामै अटो लोन उपलब्ध गराउँछन् । प्रायः गाडी किन्नका लागि दिएको ऋण लगानी नडुब्ने भएकाले बैंकहरु आकर्षित भएको नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल बताउँछन् ।

आयात बढ्दो

सवारी संख्या बढेसँगै आयात रकम पनि बढेको छ । गत आर्थिक वर्ष ०७२र७३ मा ६६ अर्ब २० करोड ५० लाख रुपैयाँ बराबरका सवारी तथा पार्टसहरु आयात भएका छन् । त्यस्तै अघिल्लो आर्थिक वर्षमा ४९ अर्ब ५१ करोड ६५ लाख रुपैयाँ बराबरको सवारी तथा पार्टसहरु आयात भएका थिए । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६ अर्ब ६८ करोड रुपैयाँले भन्दा बढी हो ।

त्यस्तै आर्थिक वर्ष ०७१र७२ मा ३९ अर्ब ३२ करोड ४० लाख रुपैयाँ बराबरको सवारी तथा पार्टसहरु आयात हुँदा आर्थिक वर्ष ०७०र७१ मा भने २९ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ बराबरको सवारी तथा पार्टसहरु आयात भएका थिए । यसरी हरेक वर्ष सवारी आयात रकम पनि बढ्दै गइरहेको छ ।

 

 

साभा : अनलाइन खवर

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top