सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आउने

0 20

nepal-ausadi

काठमाडौं ३ असोज। सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आउने भएको छ ।

सरकारले उक्त औषधि लिमिटेडलाई ऋण सहायता दिएर औषधि लिमिटेड पुनः सञ्चालनमा ल्याउने भएको हो ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले नेपाल औषधि लिमिटेडलाई १४ करोड ७५ लाख ऋण सहायता दिने निर्णय गरेको छ ।