लोकमानसिंह कार्कीको नियुक्ति फाइल सर्वोच्च अदालतमा पठाउने भएको छ

0 13

14082016015139lokmansing-karki-1000x0

काठमाडौं ३ असोज। सरकारले अख्तियार दुरुपयोग अनुसन्धानका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति फाइल सर्वोच्च अदालतमा पठाउने भएको छ ।
सरकारले कार्कीको नियुक्ति सम्बन्धी फाइल भूकम्पमा परेर हरायो जवाफ दिएको थियो । सर्वोच्चले सात दिनभित्र नियुक्तिको कागजपत्र पेश गर्न निर्देशन दिँदै पेश नभए सम्वन्धित अधिकारीलाई कारबाही गर्ने चेतावनी समेत दिएको थियो ।

स्रोतका अनुसार आइतबारको मन्त्रिपरिषद बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले यसबारे प्रश्न उठाएका थिए । प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव सोमलाल सुवेदीलाई सोधेका थिए । उनले लोकमानको नियुक्तिको फाइल भूकम्पमा नहराएको र प्रधानमन्त्री कार्यालयमा रहेको जानकारी गराए ।

उक्त नियुक्तिको फाइल भूकम्पमा हराएको नभई नभेटिएको जवाफ दिएको भन्दै उनले अहिले भेटिएको र त्यो खबर सर्वोच्च अदालतलाई गरिसकेको बताए ।

सर्वोच्चले अख्तियार प्रमुख कार्कीको नियुक्तिलाई बैधानिकता दिने आफ्नो पूर्वफैसला पुनरावलोकन गर्दैछ ।