सीमा क्षेत्रका डुबानपीडित नेपाली किसानलाई क्षतिपूर्ति दिन भारतले अस्वीकार

0 20

nepal-india

काठमाडौं भदौ,२७। सीमा क्षेत्रका डुबानपीडित नेपाली किसानलाई क्षतिपूर्ति दिन नेपालका तर्फबाट राखिएको प्रस्ताव भारतले अस्वीकार गरेको छ ।

शुक्रबार भारतको राजधानी नयाँदिल्लीमा समपन्न दुवै देशका गृहसचिव स्तरीय बैठकमा नेपालले भारतीय बाँधका कारण बर्सेनी हजारौं नेपाली डुबानको समस्यम ा परेको भन्दै क्षतिपूर्ति उपलव्ध गराउन प्रस्ताव पेस गरेको थियो ।

तर, आफूहरले सीमा क्षेत्रमा कुनै पनि अनधिकृत संरचना निर्माण नगरिएको क्षतिपूर्तिसम्बन्धी प्रस्ताव छलफल गर्न आवश्यक नभएको भारतीय सुरक्षा अधिकारीले बताए आजको कारोबार दैनिकमा समाचार छ ।

बैठकमासहभागी नेपाली अधिकारीले डेढ दर्जन स्थानमा भारतले निर्माण गरेको अनधिकृत संरचनाबाट हजारौं नागरिक विस्थापित भएको विवरण पेस गरेका थिए ।

You might also like More from author