कणालीको विकासका लागि सडकलाई महत्व दिनुपर्छ । – ई. भण्डारी

मुगुको सदरमुकाम गमगडीमा सार्वजनिक यातायात पुर्याउन सफल भएका छौ ।

0 58

IMG_20160826_090412
बि.सं. २०३१ सालमा धम्पुस-७ पोखरामा जन्मनु भएको ई. नारायण दत्त भण्डारी हाल डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख हुनुहुन्छ । वहाँले अहिले सम्म ९ जिल्लामा सेवा प्रदान गर्नु भई सकेको छ । कणालीको सडक विकासका विषयमा रहेर वहाँ संग गरिएको छोटो कुराकानी ः

कर्णाली यातायात विकासका लागि राज्यले कस्तो नीति अवलम्वन गर्दा उपयूक्त होला ?
कणालीको भूगोल फरक छ यसर्थ त्यो भूगोल अनुसार नीति ल्याउन उपयुक्त देखिन्छ । भूगोल कुरा गर्दा विषेश गरी यहाँको भू बनावटका कारण निक्कै विकट छ, चट्टान, पहाड, हिमालले गर्दा सडक खण्डमा कार्य गर्न कठिनाई छ ।
बिभिन्न ठाउँमा पूलको अवस्था नभएर यातायात विकासका लागि कठिनाई रहेको छ । विषेश सडक यातायातमा नै बढी प्राथमिकता दिनु पर्दछ । कर्णालीको कर्णाली राजमार्गलाई डबललेन  अर्थात दुई वटा गाडी पास हुने गरी सुधार गर्नु पर्दछ । यसै गरी नाक्चेलाड.्ना  गमगडी जुम्ला सडक जोड्ने तिब्बतसँग नाका तत्काल खोल्नु पर्ने हुन्छ । हिमाली जिल्लामा आर्थिक बर्ष भौगोलिक तथा मौसम अनुकुल बनाउनु पर्दछ । दुर्गम क्षेत्रमा जाने कर्मचारीलाई आकर्षित गर्नका लागि प्रोत्साहीत र सम्मान जस्ता कार्यहरु गर्नु पर्दछ ।
तपाईले कर्णाली कोरिडोरमा प्रमुख भएर काम गर्नु भएको थियो, त्यसमा के कस्ता समस्याहरु देख्नु भयो त ?
त्यहाँको समस्या भनेको चट्टान भागको बाटो हुदै जानु पर्ने,  अर्कोतिर हेर्दा त्यहाँका ठेकेदारहरुमा एउटा समस्या छ कि उनीहरु लागत धेरै घटाएर काम लिने अनि सन्तोषजनक काम नगर्ने पाईएको छ । तत्कालीन अवस्थामा संविधान सभा चुनाव भएकोले केही समय काम हुन नै सकेन । तर काम गर्दाको अवस्थामा विषेश गरी ब्लास्टीड.्ग द्धारा चट्टान फुटाउनु पर्नेमा त्यो ब्लास्टीड.्गको जिम्मा सेनालाई दिएकोले सेना र प्रहरीको समय अनुसार आयोजना चल्नु पर्ने भएकोले पनि काममा बाधा आएको थियो । त्यसमा डिभिजन सडक कार्यालय सुर्खेतले खुलालुमा पुल निर्माण गर्ने योजना भएर निर्माण कार्य नभएकाले निर्माण सामाग्री तार्न नसकिएकोले काम अगाडी बढाउन सकिएको थिएन । त्यो बेला योजनामा कर्मचारीको दरबन्दी अनुसार पूर्ति नभएकोले पनि केही कठीनाई आएको थियो । अहिले सेनाले जिम्मा लिएकाले हामीले कुनै पनि किसिमको अनुगमन गर्दैनौ । तर सडक विभागबाट नै आवश्यक जनशक्ति तथा अन्य स्रोत र साधन प्रयोग गरी सञ्चालन गर्न उपयुक्त छ जस्तो लाग्छ ।
तपाई अहिले डिभिजन कार्यालय जुम्लामा प्रमुख हुनुहुन्छ, त्यहाँ वस्तुगत स्थिती कस्तो छ बताई दिनु होस न ?
हाम्रो डिभिजन कार्यालयले मुख्य ४ जिल्ला हेर्ने गरेको छ । जसमा कालीकोट, जुम्ला, मुगु र हुम्ला रहेका छन । यी जिल्ला अन्र्तगत केन्द्रिय सडक तिन वटा यस्तै क्षेत्रिय सडक २६ वटा र शहरी सडक १८ वटा साथमा पूल १२ वटा र निर्वाचन क्षेत्र सडक ३ वटा गरी जम्मा २२ करोड लगानीको अख्तीयारी रहेको छ ।
गत बर्ष कुन कुन र कहाँ कहाँ सडक बनाउनु भयो त ?
नाग्मा  गमगडी  सडक खण्डमा बहुुबर्षिय ठेक्का सहित ६.५० करोड लगानीमा सडकको स्तर उन्नती गरी मुगुको सदरमुकाम गमगडीमा सार्वजनिक यातायात बस पुर्याउन सफल भएका छौ । यस्तै अर्को जुम्लाबाट नाग्मा हुदै गमगडी जानको लागि १२६ कि.मि. को बिकल्पको रुपमा निर्वाचन क्षेत्र कार्यक्रमबाट गुम्ला पठ्मारा हुदै गमगडी जोड्ने सडक ५६ कि.मि. छोटो भई ६८ कि.मि. को दुरीमा जुम्लाबाट सिधै गमगडी जोड्ने सडक निर्माण गरेका छौ ।
तपाईकोे अनुभवमा सडक संचालनलाई ब्यवस्थित र मर्यादित एवं जोखिममूक्त बनाउन कस्तो योजना अनुसार कार्य गर्दा राम्रो होला ?
सर्वे डिजाईनमा ध्यान दिनुपर्छ ।  सडक खन्दा कम्तीमा डबल लाईन हुनुपर्छ । ज्यामितिय डिजाईनमा ध्यान दिनु पर्छ ।
सडक सुरक्षाका लागि अधिकतम ध्यान दिनुपर्छ । वातावरणीय पक्षलाई ध्यान दिनुपर्छ । सडक विभागको मापदण्ड अनुसारको सडक निर्माण एवं मर्मतमा लगानी गर्नुपर्ने देखिन्छ ।
कर्मचारीहरुलाई दुर्गम क्षेत्रमा पठाउदा जान मान्दैनन तर तपाई त धेरै बर्ष देखि दुर्गम क्षेत्रमा कार्यरत हुनुहुन्छ, तपाईका कार्यकालका केही अनुभवहरु सुनाई दिनुहोस न ?
मानवीय नेचरले सुखलाई छोडेर दुःखलाई मान्दैन । तर कोही कोही केही दुःखमा पनि रमाउने हुन्छन । दुर्गम क्षेत्रका स्थानीयहरुमा सहयोगी भाव कम भएको पाईन्छ तर वहाँहरुले विकासका बारेमा कुरा नबुझेकाले यो सब भएको हो । यसमा हामीले वहाँहरुलाई राम्ररी सम्झाई बुझाई गर्ने काम पनि गर्नुपर्छ । टिमवर्कमा काम गर्दा असमझदारीपन बढ्यो भने काम गर्न कठिन हुन्छ । माग अनुसार परिपूर्ति नहुदा असफलताको बढी सम्भावना हुन्छ । यहाँका स्थानीय बासिन्दाहरुमा समाजवादी भन्दा ब्यक्तिवादी स्वार्थ हावी रहेको पाईन्छ । ब्यक्तिगत कुरामा पनि त्यहाँका अगुवा भन्नेहरुले उनीहरुको भनाई माने मात्र कम दुःख दिने हुन नत्र काम गर्न कठिन वातावरणको सिर्जना गरि दिन्छन । तर मलाई मेरो कार्यक्षेत्रमा प्राय सहयोगीहरुको साथ नै बढी मिल्यो भन्न मिल्छ । हुन सक्छ कहि कतै कहिले काही केही क्षण कुरा नबुझे पनि स्थानीय र आफ्ना कर्मचारी साथीहरुलाई साथमा लिएर काम गर्न सफल भएकोमा म आफैप्रर्ति गर्व लाग्छ ।