यात्रुबाहक बस त्रिशूलीमा खस्यो,२० को मृत्यु

0 13

काठमाडौं,भदौ १० । गौरबाट पोखरा जाँदै गरेको एउटा यात्रुबाहक बस त्रिशूलीमा दुर्घटना हुँदा कम्तिमा २० जनाको ज्यान गएको छ। ग १ ख ३७०९ नम्बरको बस मुग्लिनको कालीखोला क्षेत्रबाट त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ। वस विहान ५ बजे दुर्घटनामा परेको जनाइएको छ । बस सडकबाट २०० मिटर तल खसेको थियो । दुर्घटना भएको क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले उद्धार गरेका छन् । स्थानीयबासी प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पठाउने काम भइरहेको छ। बसको केही भागमात्र नदीबाहिर देखिएको थियो। हताहतीको संख्या धेरै रहेको अनुमान प्रहरीको छ ।
थप विवरण आउन बाँकी छ।