मुख र शिरबाहेक शरीरका कुनै अंग चल्दैनन्। तैपनि उनलाई आफूले बाँचेको जीवनप्रति कुनै घृणा छैन

0 9

youth-award-amir-lama

काठमाडौं साउन ३० । मुख र शिरबाहेक शरीरका कुनै अंग चल्दैनन्। तैपनि उनलाई आफूले बाँचेको जीवनप्रति कुनै घृणा छैन। कसैले केही भन्ला कि भन्ने चिन्ता पनि लिँदैनन्। बरु खुरुखुरु आफ्नो काम सम्पादन गर्छन्, जुन चल्छ त्यही अंगले।

ओेठले ब्रस च्यापेर सुन्दर पेन्टिङ गर्छन्, ओठैले गीत र कविता लेख्छन् अनि गलाले मिठो स्वर भर्छन्।

थाहा नगरपालिका, मकवानपुरका उनै अमिर लामा ९१६० शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भए। एक लाख रुपैयाँ राशिसहितको राष्ट्रिय प्रतिभा पुरस्कार उनले त्यत्तिकै पाएका भने होइनन्। उनले गर्ने साधना र कष्टकर दैनिकीभन्दा ठूलो चाहिँ यो पुरस्कार सायदै हो।

अमिर ओठको सहायताले नै मोबाइल चलाउँछन्। धेरैजसो काम उनी मुखैले गर्छन्। ुअपांग सन्तान जन्मे पूरै परिवारका लागि भार हुन्छ भन्ने बुबाआमा अहिले मबाट खुसी हुनुहुन्छ,ु अमिरले शुक्रबार सम्मानित भएपछि नागरिकलाई सुनाए।

अमिरको अवस्थाले सुरुसुरुमा परिवारलाई नै चिन्तित बनाएको थियो। कसरी हुर्केला र गरिखाला भन्ने तनाब उस्तै।

जसरीतसरी हुर्कंदै गए, परिवारले उनलाई अपनाउँदै गयो।

थाहा नगरपालिका मकवानपुरको सामान्य किसान परिवारमा जन्मिएका हुन् अमिर। उनलाई अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले कदरपत्रसहित सम्मान प्रदान गर्‍यो। मन्त्रालयले उनलाई चित्रकला र संगीततर्फ छनोट गरेको थियो।

अमिर राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार ग्रहण गर्न कालिमाटीबाट चारपांग्रे ठेलामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका थिए। ुमेरो खाने, बस्ने र कतै जानुपरे प्रयोग गर्ने यही ठेला हो,ु उनले सुनाए।

ुसानो छँदा आमाबुबा काममा र भाइबहिनी विद्यालय गएपछि उनीहरु नफर्केसम्म घरअघिल्तिरको खेतबारी, रुख, चरा हेरेर दिन बिताउँथेँ,ु उनले बालापन सम्भ्किए, ुआफ्नो उमेरका बालबालिका खेल्दै हातमा किताब समातेर स्कुल गएको देख्दा मलाई पनि पढ्न मन लाग्थ्यो तर टुलुटुलु हेर्नुको विकल्प मसँग थिएन।ु

भाइबहिनीले पढेको देख्दा उनलाई पनि लेखपढ गर्न मन लाग्थ्यो। ुएकदिन भाइको कलमलाई मुखले च्यापेर भुइँमा कोर्न थालेँ,ु उनले सुनाए। त्यतिखेर उनी साह्रै खुसी भए।

बिस्तारै उनी भाइबहिनीका पुराना कापी र कलम लिएर मुखले च्याप्दै वरिपरि देखेका कुरा कोर्न थाले। गाउँकै एकजना दिदीले उनलाई अक्षर चिनाउन मद्दत गरिन्। त्यसपछि उनी मनका भाव कविता, गीतमा उतार्न थाले। उनलाई पढ्न निकै मन पर्छ। अहिले उनी कालिमाटीस्थित एसइआरसी स्कुलको होस्टलमा बसेर पढिरहेका छन्।

गत वर्षको भूकम्पले घर भत्किएपछि अमिर परिवारसँग जस्ताको टहरामा बस्न थाले। उनले त्यही टहरामुनि पनि सिर्जनकर्म छाडेनन्। त्यसै समय भूकम्प प्रभावित बालबालिकाको खोजी गर्ने क्रममा करुणा फाउन्डेसन नेपालका कर्मचारीका नजर उनमा परे। उनको प्रतिभाको सम्भावना खोजीका लागि करुणा फाउन्डेसन र युनिसेफको मद्दतले काठमाडौंको एसइआरसी स्कुलमा उनलाई भर्ना गरियो र उनी विद्यालयको होस्टलमा बसेर पेन्टिङ गर्न थाले।

मुखले पेन्टिङ गर्ने भएकाले उनलाई चाहिने हरेक सामान दिन एक सहयोगी चाहिन्छ। आमा र हजुरआमाले आफूलाई चित्रकलाका लागि हौस्याएको उनी सुनाउँछन्।

अमिर काठमाडौं आएको आठ महिना अवधिमै उनले बनाएका न्यूनतम मूल्य ५ हजार तोकिएका ४२ वटा पेन्टिङ प्रदर्शनीसमेत गरिएको छ जसमा २० भन्दा बढी अर्डर भइसकेको करुणा फाउन्डेसनका प्रोग्राम अफिसर कृष्ण सापकोटाले जानकारी गराए। उनको ुआमाु नामक गीत पनि नेपाल टेलिभिजनबाट प्रसारण भएको छ। यस्तै, युनिसेफले बनाएको छोटो डकुमेन्ट्री भिडियो युनिसेफको फेसबुक पेजबाट लाखौं मानिसले हेरेका छन्।

उनी आफू मात्र सपना देख्दैनन्। भाइबहिनीलाई ठूलो बनाउने उनको धोको पनि ठूलै छ। ुआफ्नो परिवारलाई आर्थिक रुपमा सबल बनाएर भाइबहिनीलाई राम्रो शिक्षा दिने सपना छ,ु अमिरले सुनाए।

सा.भा नागरीक