बन्दसत्र नै सुरु नगरी चुनावका कार्यक्रम गरीने

0 10

Congress-Flag
काठमाडौं साउन,२९ । विवादका र मदभेको कारण ६ दिनदेखि हुननसकेको नेविसंघको महाधिवेशनको बन्दसत्र नै सुरु नगरी चुनावका कार्यक्रम गरीने भएको छ ।

उक्त संघको महाधिवेशनको मतदाताको अन्तिम नामावली र भोली उमेदवारी दर्ताको समय तोकिएको जनाएको छ ।

बुधबार प्रतिनिधि विवादको समस्यम हल भएपनि नेता कृष्णप्रसाद सिटौंला र पूर्व अध्यक्ष महेन्द्र शर्मा समूहले शुक्रबार मात्रै प्रतिनिधिको सूची निर्वाचन आयोगमा पेस गरेका थिए । प्रतिनिधिको सूची शुक्रबार अबेर गरि समितिलाई प्राप्त भएका कारण बन्दसत्र सुरु हुन सकेन ।

निर्वाचन समितिले आज चुनाव अन्तिम नामावली प्रकाशन र भोली उमेदवारको मनोनयन दर्ता र सोमबार मतदान गर्नेगरी कार्यतालिका बनाएको नेविसंघका प्रवक्त यूपी लामिछानेले जानकारी दिए ।

भोली उमेदवारको मनोनयन गर्ने कार्यतालिका रहेसँगै निर्वाचनका लागि आ आफ्नो उमेदवारको प्यानल बनाउन कांग्रेस नेताहरुलाई अप्ठेरो परेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवा, अर्का नेता कृष्णप्रसाद सिटौला प्यानल मिलाउन लागिपरेका छन् ।