जाँदाजाँदै ओलीले कार्यकतालाई लाखौं रुपैयाँ बाँडेको खुलासा (सूचिसहित)

0 11

काठमाडौं,साउन २८ ।संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि पनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले आफ्ना कार्यकर्तालाई व्यक्तिगत रुपमा २७ लाख बाँडेको पाइएको छ । काम चलाउ हैसियतमै सरकारले विभिन्न प्रतिष्ठान र संस्थानमा राजनीतिक नियुक्तिसमेत गरेको भेटिएको छ । आजको नागरिक दैनिकमा खबर छ । साउन ७ र १८ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयमार्फत नेकपा एमाले केन्द्रीय सदस्यदेखि कार्यकर्तासम्मलाई मनलागी पैसा बाँडेको हो ।

एमाले केन्द्रीय सदस्य घनेन्द्र बस्नेतलाई ३ लाख, गणेश मैनालीलाई २ लाख, तथा अछाम, चिसापनीकी गंगालक्ष्मी श्रेष्ठ, दोलखा जफेका मधुकर पोखरेल र काब्रेका वैकुण्ठ घिमिरे, अर्घाखाची, धारापानीका बालकुमारी थापा, बझाङ भामचौरका निशा धामी, डोटीका रवीन्द्र शाहीलाई एक–एक लाख रुपैयाँका दरले बाँडिएको हो ।

त्यस्तै गरि ओलीनिकटकी झापा, अनारमनीकी विशेश्वरा दाहाललाई ५ लाख, कुरुङवाङका रुद्र कुमारलाई २ लाख, कालिकोटकी रीता आचार्य रुपन्देहीका चतुर्भुत आत्रेय, काभ्रेका दीलिप लामा, अछामका किर्ति सिंह, दोलखाकी सिर्जना गोले, चितवनकी मीना परियार, सिन्धुपाल्चोक भोटेचौरका गणेश सापकोटालाई १ हजार रुपैयाँका दरले आर्थिक सहायता दिने बैठकको निर्णय छ । ती सबै नेता कार्यकर्ता रहेको स्रोतले जनायो ।

त्यसै गरी सोही बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत दुरा सेवा समाजलाई ३ लखा रुपैयाँ, आदित्य संरक्षण प्रतिष्ठानलाई १ करोड, उपचार खर्चस्वरुप द्रौपती ज्ञवालीलाई ५ लाख, पूर्वप्रधानन्यायाधिश सुरेन्द्रप्रसाद सिंहलाई २ लाख ९० हजार र पत्रकार मनोाज शाहलाई २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।