पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित

0 7
prachanda-1-696x392

काठमाडौं,साउन १९ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ३९ औँ प्रधानमन्त्री निर्वाचित भएका छन् । व्यवस्थापिका–संसद्मा बुधाबार भएको प्रधानमन्त्री पदको निर्वाचनमा ३ सय ६३ मत प्राप्त गरेर उनी मुलुकको कार्यकारी प्रमुखमा निर्वाचित भएका हुन  ।
संसद्मा उपस्थित ५ सय ७३ मतदातामध्ये ३ सय ६३ जनाले नेता दाहालका पक्षमा र २ सय १० जनाले विपक्षमा मतदान गरेका थिए । संसद्मा तत्काल कायम रहेको ५ सय ९५ सांसद संख्या मध्ये ३ सय ६३  दाहालको पक्षमा रहेका र त्यो बहुमत भएको घोषणा गर्दै सभामुख ओन्सरी घर्तीले दाहाल बहुमतले प्रधानमन्त्री निर्वाचित भएको जानकारी गराएकी हुन ।
यसअघि बैठकमा नेपालको संविधानको धारा २९८ को उपधारा ९३० एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को ४९ उपनियम ९४० बमोजिम नेपालको प्रधानमन्त्री पदमा उनले आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गरेका थिए ।  संसद्को अर्को बैठक साउन २४ गते सोमबार ११ बजे बस्ने छ ।