राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटवार्ता

0 6

राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटवार्ता काठमाडौं, ९ साउन । राष्ट्रपति विद्या भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ । संविधान त नयाँ सरकार निर्माणका लागी बाटो खुल्ला नभएको बताईरहेका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीमार्फत नयाँ सरकार निर्माणमा अल्झाउने आशंका गरिरहेको बेला प्रचण्डले भण्डारीलाई भेट्न लागेका हुन् । प्रचण्ड र भण्डारीबिच नयाँ सरकार निर्माणको बारेमा बाहिर भएको कानुनी जटिलताका हल्लाबारे छलफल हुनसक्ने अनुमान गरिएको छ । यसअघि भण्डारी र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबिच भेटवार्ता भएको थियो ।