यस्ता छन् एक्लिँदै गएका प्रधानमन्त्रीले सार्न सक्ने सम्भावित तीन कदम

0 9
  • KP-Oli

    काठमाडौं,साउन ९ । सरकारमा सहभागी दलहरुले भकाभक समर्थन फिर्ता लिन थालेपछि प्रधानमन्त्री केपी ओली एक्लिँदै गएका छन् । उनको समर्थनमा उनकै पार्टी सहित साना दलहरुको मात्र समर्थन बाँकी रहेको छ । अल्पमतमा पर्दै गएपछि एमालेले अघि सार्न सक्ने सम्भावित तीन विकल्पहरु प्रस्तुत गरिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    १. संविधान संशोधनको प्रस्ताव गर्ने संविधानमा नयाँ सरकार गठनको व्यवस्था नभएको एमालेले बताउँदै आएको छ । संक्रमणकालीन व्यवस्थाअन्तरर्गत धारा २९८ मा एकपटकका लागि मात्रै सरकार गठनको व्यवस्था भएको र उक्त व्यवस्थाअनुसार ओली नेतृत्वमा सरकार गठन भइसकेको एमालेको दाबी छ ।

    २. राष्ट्रपतिद्धारा बाधा अड्चन फुकाउ संक्रमणकालीन व्यवस्थाअन्र्तगत धारा ३०५ मा संविधान कार्यान्यवनमा बाधा आइपर्दा सरकारको सिफारिसमा राष्ट्रपतिले बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि बाधा अड्काउ फुकाउ गर्न सकिने अर्को प्रस्ताव एमालेले कांग्रेस–माओवादीसमक्ष राख्नसक्छ । ३. सर्वोच्चबाट संवैधानिक व्याख्या प्रधानमन्त्री ओली र उनीनिकट नेताहरुबीच नयाँ सरकार गठनका लागि संविधानको अस्पष्टता हटाउन सर्वोच्च अदालतमार्फत संविधानको व्याख्या गर्न सकिने छलफल गनि चलेको छ । कुनै अधिवक्तामार्फत दर्ता गरिने रिट वा राष्ट्रपति स्वयंले माग्ने परामर्शका आधारमा सर्वोच्चबाट संवैधानिक व्याख्या हुनसक्ने र नयाँ सरकार गठनको गाँठो फुक्ने उनीहरुको तर्क छ ।

    ‘अनुदान सम्झौता भएर केही पीडितको खातामा रकम पनि आयो । तर, घर बनाउन थालिएको छैन,’ सिलवालले भने, ‘केन्द्रबाट इन्जिनियर आएका छन् । उनीहरू गाउँमा पुगेका पनि छन् । तर, काम गर्न पाएका छैनन् । घर बनाउने काम नै सुरु भएको छैन । यस्तो अवस्थामा उनीहरूले के काम गर्ने ?’

    गोरखाका सहायक सिडिओ नेत्रबहादुर शर्माले घर बनाउन खटिएका इन्जिनियर अनुदान सम्झौतामा गाविससचिवलाई सघाएर बसेको बताए ।

    उनले भने, ‘इन्जिनियरहरूले अहिले गाविससचिवसँग बसेर अनुदान सम्झौता गर्न सघाउने काममा खटिएको सुनिएको छ । निर्माण सुरु नभएकाले विज्ञताअनुसारको काम गर्न पाएका छैनन् ।’ काभ्रेका सिडिओ बालकृष्ण पन्थीका अनुसार भूकम्पपीडितले घर बनाउन थालेपछि इन्जिनियर पनि काममा लाग्ने बताए । ‘अहिले गाविससचिवलाई सघाइरहेका छन् । निर्माणका काम सुरु भएपछि उहाँहरूको खास काम पनि सुरु होला ।’