उदाहरणीय रोकाया दम्पत्ति

जस्तो सोचेको थिएँ त्यो भन्दा धेरै बढी पाएँ ।

0 4

उदाहरणीय रोकाया दम्पत्ति

Draupadi-R DR Rokay

नेपालको अति विकट जाजरकोट जिल्ला पैकं गा.वि.स.मा १९५४ मा जन्मीएका डा. के. बी. रोकायाको बाल्यकाल अभाव अशिक्षा गरिबी र अनेकौ दुःखमय पृष्ठभूमीमा उहाँ बताउनु हुन्छ । उहाँले त्यस समयमा जाजरकोटमा हवाईजहाज चील गाडी भन्ने गरिन्थ्यो । जाजरकोटको आकाशमा कहिले काँही हवाईजहाज उडेको देखेपछि ईन्द्रले यात्रा गरेको भनेर सबैले आकाश तिर फर्केर नमस्कार गर्ने चलन थियो । त्यस प्रकारको अन्धबिश्वास तथा अशिक्षा भीत्र रुमलीएको गाँउमा जन्मीएर पनि रोकाय भन्नु हुन्छ । यो चील होईन विज्ञानको कारण भएको हो त्यस जहाजमा हामी जस्तै मानिसहरुले यात्रा गरिरहेका छन । भन्ने कुरा एउटा बाहिरबाट आएको कर्मचारीले भनेपछि रोकायाको मनमा विज्ञान पढ्ने तिब्र ईच्छा जागेको कुरा सुनाउनु भयो ।  त्यहि ईच्छालाई जीवन्त प्रदान गर्दै आजको यो अवस्थासम्म आईपुगेको डा. रोकायाले निक्कै संघषपूर्ण तरिकाले शैक्षिक उपादि हासिल गरेका हुन । उहाँले त्रिचन्द्र कलेजमा आई.ए.सी., कोलोम्बो छात्राबृद्धि प्राप्त गरी कोलकाताबाट बि. ई., यु. के. बाट एम.ए.सी. र फिलिपिन्सबाट बिद्यावारिधि गरेका हुन । उहाँ पुल्चोक क्याम्पसको क्याम्पस चिफ हुदै राष्टिय मानव अधिकार आयोगका सदश्य हुदै हाल नेपाल बौद्धिक मञ्चका अध्यक्ष हुनुहुन्छ । यसका साथै उहाँ अन्य यस्ता धेरै संघ संस्थाहरुमा आबद्ध हुनुहुन्छ । अहिले उहाँले नेपालको राष्टियता, राष्टिय स्वाधिनता र नेपालको पहिचानको बारेमा बिभिन्न अभियानहरु सञ्चालन गरीरहनु भएको छ । त्यस्तै बैतडी जिल्लाको खलड.्गा बजारमा बि.सं. २०११ सालमा जन्मनु भएकी द्रौपति थापा (रोकाया) उहाँको बाल्यकाल अभावका बीचमा नबितेपनि संघर्ष र चुनौतिपूर्ण रहेको बताउनु हुन्छ । यहाँले आफ्नो बाल्यकालको पढाई गोरखा जिल्लाको आप पिपल भन्ने ठाउँमा आफ्नी सानीआमा संग बसेर पुरा गर्नु भएको थियो । आफ्नो जीवनमा नेपाल र नेपाली महिला दिदिबहिनीहरुका लागि केही गर्नु पर्छ भन्ने सोचेर आफुलाई सधै यस क्षेत्रमा क्रियाशिल बनाउदै आउँनु भएको छ । उहाँले फिलिपिन्सबाट एम.बी.ए. सम्मको अध्ययन पुरा गर्नु भएको छ । उहाँ महिला दवाव समूह हुँदै टेवा युनाईटेड मिसन टु नेपालको नृतित्व तहमा बसेर काम गरिसक्नु भएको छ । हाल उहाँ नेपाल महिला बिश्वासी संघमा महासचिवको पदभार सम्हाली रहनु भएको छ । उहाँले बिभिन्न क्षेत्रबाट पिडित महिला तथा बालबालिकाहरुको उद्दारका साथै उनीहरुको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा सक्रिय योगदान प्रदान गर्दै आउनु भएको छ ।

सुदूरपश्चिमी जिल्लाबाट केही गर्ने सोच लिएर काठमाडौं छिरेका डा. केबी रोकाया र द्रौपतीको ज्ञानेश्वरस्थित चर्चमा पहिलोपटक नजर जुधेको थियो । देखेर मात्र हुँदैन, लेखेको नै चाहिन्छ भने झैँ उहाँहरुको भेट हुनुभन्दा पहिले नै दुवै जनालाई आफ्नो घरबाट विवाहको प्रस्ताव मात्र आएन, करकाप पनि भएको थियो । तर आफ्नो लक्ष्य पूरा गर्न घर परिवारको कुरालाई बेवास्ता गर्दै अगाडि बढेका दुवैबीच एकाआपसमा नजर जुधेपछि भने उहाँहरुले एकअर्काका लागि सहयात्रीको रुपमा सोच्न थालेको कुरा पोख्नु हुन्छ । त्यसैले त हो उहाँहरुका अन्य साथीहरुले पनि दुबैको जोडी मिलाइ दिने तर्खरमा सँगै खाना खाने निम्तो पनी गरी दिएछन । त्यसबेलको घटनाक्रम सम्झ्दै  द्रौपती भन्नुहुन्छ – ‘त्यस दिन म आफ्नी ठूलीआमाले किनिदिएको हिलजुत्ता र पाईन्ट लगाएर गएकी थिएँ तर कुरा त्यो कुरा सायद उहाँलाई मन परेनछ कि के हो, आफ्ना साथीहरुसँग मलाई खरायोमा चढेर आएकी भन्नुभएछ । मलाई पनि त्यतिबेला उहाँले लगाएको यनिभर्सिटीको खैरो कोटले गर्दा बूढो मान्छेजस्तो लागेको थियो भने खाना खाँदा खेरि उहाँको बोली सुनेपछि कस्तो रुखो बोल्ने मान्छे जस्तो लागेको थियो । तर पनि त्यतिबेला मेरा शर्तहरु थिए, दाइजोको आश नगर्नु, आफू थापा क्षेत्री न भएर मगर भएको र यदि मेरो सानी आमालाई हेर्नुपर्ने अवस्था भयो भने हेर्नुपर्छ, यी तीनवटा कुरामा उहाँले सजिलै स्वीकृति दिनुभयो ।’ द्रौपतीले जस्तै केही शर्त डा. रोकायका पनि रहेछन । रोकायले भन्नुहुन्छ, ‘मैले त्यसबेला पश्चिमकै केटी हुनुप¥यो, क्रिस्चियन धर्म लिएकै हुनुप¥यो, नेपाली हुनुप¥यो, दुःख र संघर्ष गरेको अनि कसैलाई घृणा नगर्ने खालको हुनुप¥यो भनेको थिएँ । उनलाई मैले जस्तो सोचेको थिएँ त्योभन्दा पनि धेरै बढी पाएँ ।
विवाहपश्चात् तीन दशकको अवधिमा सधैं एकआपसको प्रेरक र सहयोगी बन्दै अगाडि बढेको यस जोडीका दुई छोरा इनोश र सौरभ छन् । सन्तान दुईजना मात्र भए पनि परिवार ठूलो नै छ । परिवारका सबैलाई खुसी पारेर नै उनी अगाडि बढ्नु भयो, आफूले केही गर्नुपर्छ भन्ने चाहना बोक्ु भएकी द्रौपतीले समस्यामा परेका महिला दिदीबहिनीलाई सधैँ सहयोग र सल्लाहका लागि अगाडि बढीरहेकी हुन्छिन् भन्छन् डा. रोकाया ।
दाम्पत्यजीवन सफल पार्नका लागि सबैभन्दा पहिले त्याग हुनुपर्छ भन्ने मान्यता राख्ने द्रौपती भन्नुहुन्छ, ‘सधैं सकारात्मक सोच राखेर अगाडि बढ्नुपर्छ । एक अर्कामा समझदारी हुनुपर्छ र दाम्पत्य जीवनमा आउने चुनौतीलाई मिलेर समाधान गर्नुपर्छ । यदि यी सब कुराहरु भयो भने पक्कै पनि दाम्पत्य जीवन सुखी र खुशी हुन सक्छ ।’
‘सधैं व्यस्त भएकाले कहिलेकाहीँ घरमा समय मिलाउन हामीलाई गाह्रो हुन्छ, तर दुवैजना सल्लाह गरेर बस्छौं । एक जना बाहिर हुँदा अर्को सकेसम्म घरमै हुन्छौं र हामी सबै आफ्नो काम आफैं गछौं । उहाँ घरको काममा पनि म भन्दा अगाडि नै हुनुहुन्छ । खाना पकाउन देखि लिएर भाँडा माझ्नसम्म कहिल्यै कसैको बाटो कुर्नुहुन्न । उहाँको प्रायजसो सबै बानी मलाई मनपर्छ । परिश्रमी, बुद्धिमानी, इमान्दारी र कसैको नराम्रो नसोच्ने, अनि पापसँग डराउने भएकाले नै आज सफल व्यक्तिको रुपमा चिनिनु भएको हो ’ ।
आफूले काम गरेका ठाउँमा आफूमात्र नभएर अरुलाई पनि भ्रष्टाचारविरुद्ध काम गर्न प्रेरित गर्ने डा. रोकायले त्यही भएर क्याम्पस प्रमुखबाट राजीनामा दिएको पनि उहाँ बताउँनु हुन्छ । आज पनि रोकायले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आईरहनु भएको छ ।
परम्परागत नेपाली परिवारभन्दा अलि फरक किसिमको आफ्नो परिवार रहेको बताउँदै डा. रोकाय भन्नुहुन्छ, ‘हामी दुबैजना संघर्ष गरेर आएकाले पनि एकअर्काका परिपूरक हौं भन्ने सोच छ । विवाह गर्दा आईए पास परेकी उनले मेलै इन्करेज गरेपछि फिलिपिन्सबाट उनले एम बिए सकिन् । उनी आफू र मैले पनि उनीमा गृहिणीमा हुनुपर्ने कुरा खोज्नुभन्दा पनि राष्ट्रको लागि केही गर्नुपर्छ भन्ने चाहना राखेर सधैं प्रोफेसनल भएर एकले अर्काको काममा सहयोग पु¥याई रह्यौं । घरको काम मिलिजुली गरेर अन्य कामलाई प्राथमिकता दियौं ।’
‘पहिले म उनीप्रति अलि बढी नै अपेक्षित थिएँ तर त्यो पछि गलत रहेछ भन्ने थाहा भएपछि सुधार गरेँ । क्षेत्री परिवारको भएकाले परम्परावादी सोच ममा हाबी भएको रहेछ, उनी जतिसुकै थाकेकी भए पनि खाना उनले नै पकाई दिनुपर्छ, म घरमै बसेपनि उनले नै चिया पकाई दिनुपर्छ र खुट्टामा तेल पनि लगाई दिनुपर्छ जस्तो लाग्थ्यो । त्यसैले हामीले एकअर्कामा अपेक्षित हुनुको बदलामा सहयात्री हौं, एक अर्काका पूरक हौं भन्ने सोचेर अगाडि बढ्दै गयौं । हरेक मानिसले दाम्पत्य जीवन सुमधुर पार्नका लागि एक अर्काको व्यक्तित्व विकासमा सहयोग पु¥याउनुपर्छ । आफ्नो पार्टनरलाई सबै कुरामा परिवर्तन गर्न खोज्नु हुँदैन र कतिपय परिवर्तन नहुने कुरालाई स्वीकारेर अगाडि बढ्नुपर्छ । ऊ म भन्दा अगाडि हुन्छ कि भनेर शंका गर्नुभन्दा अगाडि बढ्नका लागि सहयोग गर्नुपर्छ । एकआपसमा विश्वासलाई कायम राख्नुपर्दछ । हामीहरु दुबैले सहयोगको भावना लिएर अगाडि बढेकोले नै हाम्रो सम्बन्ध सुमधुर भएको हो ।’ डा. रोकाया बताउनु हुन्छ ।
साँच्चै नै दाम्पत्य जीवन सुमधुर पार्नका लागि धेरै कुराहरु विचार पु¥याउनु पर्ने हुन्छ । एकले अर्कोको भावना बुझ्नुपर्ने हुन्छ । कतिपय मानिसहरु आफ्नो हरेक काममा सफल भए पनि दाम्पत्य जीवनमा सफल हुन सकेको हुँदैनन् । करिअर मात्र सफल होइन, दाम्पत्य जीवनमा पनि सफल हुन सक्नु नै जीवनको सफलता हो । उहाँहरुको एक आपसको समझदारीपन ईमान्दारिता अरुहरुका लागि पनि सिखयोग्य रहेको छ । उहाँहरु दुबै देश र नेपाली समाजप्रति जिम्मेवार तरिकाले लागि पर्नु भएको  छ । उहाँहरुको आगामी दिनहरु यस्तै रमाईला रहुन हाम्रो शुभकामना ।।

You might also like More from author