निरीक्षक जुगेश्वर यादवलाई भारतीयहरुले कुटपिट गरेका छन्

0 24

download

काठमाडौं साउन ४, । बारको बेलदारीस्थित प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक जुगेश्वर यादवलाई रक्सी खान नेपाल आएका भारतीयहरुले कुटपिट गरेका छन् ।

बाराको सीमावर्ती भारतीय गाउँ कोइलगाँवाबाट रक्सी खाना आएका भारतीयहरुले प्रहरी सहायक निरीक्षक यादवलाई कुटपिट गरेको आजको अन्नपूर्णमा समाचार छ ।

बाराको बेलदारीको भट्टीमा रक्सी पिएर आइतबार बेलुकी घर फर्किँदै गरेका भरतीयहरुले गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक यादवलाई हातपात गरेका थिए ।

स्थानीय भट्टीमा रक्सी सेवन गरेपछि होहल्ला गरेका आठजना भारतीयलाई प्रहरीले सोधपुछ गरेपछि विवाद भएको थियो ।
विवादका क्रममा भनाभन भएपछि भारतीयले यादवलाई हातपात गरेका थिए ।