आज देखि देशभर प्रर्दशनमा ‘नमस्ते नेपाल’

0 27

maxresdefault

‘युरोपका विभिन्न देश र स्थानहरुमा छायांकन गरीएको नेपाली चलचित्र नमस्ते नेपाल ले शुक्रबार देखि देशब्यापी रुपमा प्रर्दशन शुरु गरेको छ ।
बेल्जियम बस्ने नेपाली यूवा र वेल्जियमकी यूवतीबीचको प्रेम कथा अनि राष्ट्रीयताको बिषयमा कुरा उठाएको यस चलचित्रले नेपाली सिने जगतमा राम्रो ब्यापार गर्ने आशा गरिएको छ ।
राजु शाहले निर्देशन गरेको नमस्ते नेपाल चलचित्रका कलाकारहरुमा सविन श्रेष्ठ, श्याम श्रेष्ठ, बेल्जियमकी कलाकार आना लगायतको अभिनय रहेको छ ।

गत विहीबार पत्रकार सम्मेलन मार्फत चलचित्रको प्रर्दशनी बारेमा जानकारी गराईएको थियो सो कार्यक्रमा चलचित्र बारेमा जानकारी लिन खोज्दा निर्देशक राजु शाहले यस चलचित्रले राम्रो ब्यापार गर्ने विश्वास लिएको बताएका थिए । आशा गरौ विदेशी भूमिमा छायाँकन गरिएको चलचित्रमा देखिएका दृश्यहरु लोभलाग्दा छन यस अर्थमा पनि दर्शकहरुले यो चलचित्र हेर्न सिनेमा हलसम्म जान सक्ने अनुमान गर्न सकिन्छ । चलचित्रले राम्रो ब्यापार गरोस हाम्रो पनि शुभ कामना ।