फ्रान्सलाई हराउँदै पोर्चुगलले जित्यो पहिलो पटक युरोकपको उपाधि

0 9

एजेन्सी,आसर २७ । पोर्चुगलले  आयोजक फ्रान्सलाई स्तब्ध पार्दै पहिलो पटक युरोकपको उपाधि जितेको छ । स्टेड डे फ्रान्समा भएको खेलमा अतिरिक्त समयमा एइडरको गोलको मदतमा फ्रान्सलाई १–० ले हराउँदै उपाधि कब्जा गरेको हे। । खेलको २४ औं मिनटमै स्टार खेलाडी रोनाल्डो घाइते हुँदै मैदान बाहिरिएपनि वैकल्पिक खेलाडी एडरले पोर्चुगललाई जित दिलाए। एडरले १०९ औं मिनेटमा २५ मिटर टाढाबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो। २००४ को उपविजेता पोर्चुगल समूह चरणमा एउटा पनि खेल नजिति तेस्रो स्थानमा रहेको उत्कृष्ट टिमका रुपमा नकआउट चरणमा पुगेको थियो ।

जितसँगै पोर्चुगलले पहिलो पटक युरोकपको उपाधि जितेको छ। सन् २००४ मा पहिलो पटक फाइनल पुगेको पोर्चुगलले दोस्रो प्रयासमा उपाधि जितेको हो। आयोजक फ्रान्स भने पहिलो पटक घरेलु भुमिमा भएको मुख्य प्रतियोगिताको उपाधि जित्न असफल भएको छ। यसअघि फ्रान्सले घरमै भएको  सन् १९८४ मा भएको युरोकप र १९९८ मा भएको विश्वकप उपाधि जितेको थियो।