शशांकलाई अझै १० दिन अस्पतालमा राखीने

July 09 2016 02:06

कठमाडौं,असार २५ । नेपाली कांग्रेसका महामनत्री डा. शशांक कोइरालालाई अझै १० दिन ओम अस्पताल चाबहिलमा राखी उपचार गरिने भएको छ। उनका स्वास्थ्यमा चामत्कारिक सुधार आउनुका साथै खतरामुक्त भएपछि केही दिन सघन उपचार कक्ष (आइसीयू) मा नै राखेर उपचार गर्नु पर्ने अस्पतालले जनाएको छ।

डा कोइरालाको स्वास्थ्य अवस्थधा बिहीबारभन्दा निकै सुधार भएको र एस्पिरेसन निमोनिया भएको व्यक्तमा पूर्णरुपमा सुधार आउन अझै १० दिनभन्दा बढी लाग्न सक्छ। शुक्रवार डा. कोइरालाले जुस र झोल पदार्थ खाएको र पचाएकाले स्वास्थ्यमा थप सकारात्मक सुधार आएको छ। उनलाई विस्तारै जाउलो खुवाइन थालेको र ठोस खानेकुरा खान सक्ने भएपछि उनलाई जनरल वार्ड अर्थात उनको चाहना अनुसारको कक्षमा राखी थप उपचार गरिने छ नेपाल समाचार पत्र दैनिकमा समाचार छ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top