राजधानीको बधशालामा स्याउँस्याउँती किरैकिरा,बन्द गर्न मन्त्रीको निर्देशन (फोटोफिचर)

0 8

onn met 2
काठमाडौं,असार २४ । राजधानीमा विक्रि हुने मासु पसल हरुमा किरैकिरा फेला परेको छ । बरीब १५ वर्षदेखि सतुङ्गलमा सञ्चालन हुँदै आएको एउटा मासु पसलमा त्यस्तो फेला परेको हो । सतुङ्गलमा सञ्चालन हुँदै आएको मोजमिट सेन्टरमा अनुगमन गर्ने क्रममा स्याउँस्याउँती किरा फेला परेको छ ।

नापतौल विभागमा ढक तराजु दर्ता नगरेको, बधशाला अत्यन्तै फोहर र दुर्गन्दित रहेको र उक्त मासु पसलमा मासु बेच्नका लागि आवश्यक सामान्य मापदण्डसमेत पुरा नगरेको फेला परेको छ ।

onn met

आपूर्ति मन्त्री गणेशमान पुनको नेतृत्वमा गएको विशेष अनुगमन गर्ने क्रममा यस्तो फेला परेको हो । आपूर्ति मन्त्री गणेशमान पुनले बधशालालाई तत्काल शिल गरेर कडा भन्दा भन्दा कडा कारबाही गर्न निर्देशन दिएका छन् ।