सरकारसँग इच्छाचाहना भए अबको तीन वर्षभित्र उपत्यका वासी केबलकारमा यात्रा गर्ने

0 4

ournepalnews.com (2)

काठमाडौं असार, ४ । सरकारसँग इच्छाचाहना भए अबको तीन वर्षभित्र उपत्यका वासी केबलकारमा यात्रा गर्नेछन् । उपत्यका सडकको ट्राफिक झण्डै आधा घट्नेछ ।

फ्रान्सेली कन्सन्टेन्ट कम्पनी एमडिपी र स्यास्त्राले गरेको अध्ययनमा उपत्यका भित्र केबलकार सञ्चालन गर्न सकिने अवस्था देखिएको हो । फ्रान्सेली सरकारको सहयोगमा भएको समभाव्यता अध्ययन एक वर्ष लगाएर गरिएको थियो ।

एमडिपी र स्यास्त्राले अध्ययन रिपोर्ट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाइसकेका छन् । मन्त्रालयका सहसचिव उमेश झाले यसको पुष्टि गरेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

‘उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने नसकिनेबो सम्भाव्यता अध्ययन भई रिपोर्ट पेस भइसकेको छ, ‘ सहसचिव झाले भने, ‘फ्रान्स सरकारको सहयोगमा भएको अध्ययनबाट आएको रिपोर्टबारे मन्त्रालयले अध्ययन गर्दैछ ।’ उपत्यकामा केबलकार सञ्चालन गर्न सकने रिपोर्टमा उल्लेख रहेको जानकारी दिँर्दै उनले लगानी जुटाउन सके चाँडै केबलकार सम्भव रहेको बताए ।

You might also like More from author