भैरहवा अन्तराष्ट्रिय विमानस्थल को लागी खुल्ला आकाशको सम्झौता ,भारतको आनाकानी

0 7

ournepalnews.com

काठमाडौं असार,२४ । भैरहवा अन्तराष्ट्रिय विमानस्थलको काम तीव्र गतिमा भइरहे पनि भारत र नेपालबिच खुला आकाश सम्झौता हुन नसक्दा यो विमानस्थल सञ्चालनमा जटिलसमस्या हुने देखिएको छ ।

विमानस्थल निर्माण छिटो भए पनि सम्झौता गर्न भारतले आलटाल गरेको छ ।

भैरहवा विमानस्थलबाट जहाज अवतरण र उडान गर्दा केही भारतीय आकाश प्रयोग गर्नुपर्ने भएकाले यो सम्झौता विमानस्थल सञ्चालनका लागि अनिवार्य शर्त मानिएको छ । समझौता नभए प्त्येक उडानका लागि भारतसँग स्वीकृति लिनुपर्नेछ । आजको कारोबार दैनिकमा समाचार छ ।

नेपाल र भारत सीमाको नजिकै रहेको विमानस्थलबाट हुने प्रतयेक उडानले सीमा वारपान गर्नुपर्ने वाध्यता छ । यसलाई निःशुल्क गराउन तथा भारतीय आकाश प्रयोग गर्न यो सम्झौता गर्नुपर्ने भए पनि ५ वर्षदेखि निर्णय हुन सकेको छैन ।
भारतीय पक्षले वार्ताको मिति तोक्दै सार्दै गर्नाले अन्योल बढेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालले जनाएको छ ।

सम्झौता नभएको खण्डमा निजगढमा निर्माण गर्ने भनिएको दोस्रो विमानस्थलको समेत अलपत्रमा पर्नेछ ।

भैरहवा विमानस्थल २०१८ जनवरीभित्र सञ्चालनमा ल्याउने सरकारको तयारी छ ।