नेपाल परिवार दलको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न

0 9

13613346_1040399486015570_8899642891531589293_o

‛असल परिवारः समृद्ध नेपाल, अग्रपन्थी लोकतन्त्रः हाम्रो मूल मन्त्र’ भन्ने नारा काठमाडौंमा नेपाल परिवार दलको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । दुई दिन सम्म चलेको महाधिबेसनले पाँच बर्षका लागि एकनाथ ढकालको अध्यक्षतामा सर्व सम्वत् नयाँ कार्यसमिति चयन गरेको छ ।
५१ सदस्यीय कार्यसमितिमा अध्यक्ष, महामन्त्री, प्रत्येक प्रदेशबाट २÷२ जना ,खुल्ला केन्द्रीय सदस्य ७ र दलित, पिछडाबर्ग, मुस्लीम, मधेशी,र आदिबासी जनजातीको आरक्षित कोटाबाट १÷१ गरी २८ सदस्यीय समिति चयन गरेको हो । बाँकी रहेका २३ सदस्य अध्यक्षले मनोनयन गरि कार्य समितिलाई पूर्णता दिनेछ ।

महाधिवेशन उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले मुलुकमा आन्दोलनको औचित्यता समाप्त भइसकेको बताउँदै आन्दोलनबाट प्राप्त उपलब्धिको संस्थागत विकासका लागि एकताको खाँचो आँैल्याउनुभयो । अधिबेसनमा राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा आबद्ध हुन आग्रह गर्दै अहिले नेपालीले विवेकको प्रदर्शन गर्ने समय आएको बताउनुभयो । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले एकापसमा सहमति र सहकार्यबाट मात्र राजनीति सङ्क्रमण अन्त हुने बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का सचेतक हितराज पाण्डेले संविधानको सफल कार्यान्वयनले मात्र मुलकको भविष्य निर्देश गर्ने बताउनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार मधेसका माग समाधानमा अग्रसर नभएको आरोप लगाउनुभयो । भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालको विकास स्वयम् नेपालीले नै गर्ने हँुदा यहाँका जनता र राजनीति पार्टीबीच देखिएको मतभेद अन्त्य गर्दै सहमति र सहकार्यको बाटो अवलम्बन नै संविधान कार्यान्वयनको महत्वपूर्ण कडी भएको बताउनुभयो । भारतीय राष्ट्रिय काँग्रेसका नेता आलोक शर्माले नेपाल र भारतको सम्बन्ध अनुपम रहेको उल्लेख गर्र्दै नेपालीले नकारात्मक सोचाइभन्दा सकारात्मक चिन्तन गर्नुपर्ने समय आएको बताउनुभयो । आम आदमी पार्टी भारतका नेता प्रणीव कुमारले विकास आपसी मतभेदबाट नभई एकताबाट मात्र सम्भव छ भन्नुभयो । महाधिवेशनमा बङ्गलादेश र श्रीलङ्काका सहित १५ देशका बिदेशी प्रतिनिधी तथा नेपालका २३ राजनीतिक दलका नेताहरुले शुभकामना दिएका थिए ।

महाधिबेसनले बिद्यान सम्सोधन गर्नुका साथै अध्यक्ष एकनाथ ढकालको राजनीतिक प्रतिबेदन सर्व सम्वतले पारित गरेको थियो । दलले असल परिवार,समृद्ध नेपाल र अग्रपन्थी लोकतन्त्रलाई राजनीतिक कार्यदिशा बनाएको छ भने शान्ति, एकता र विकासलाई मूल आधार बनाएको छ । महाधिवेशनमा ७५ जिल्लाबाट एक हजार २०० प्रतिनिधिको सहभागिता रहेको थियो ।
दोस्रो राष्ट्रिय महाधिबेसनले निर्बाचित गरेको केन्द्रीय समिति
१.मा. एकनाथ ढकाल अध्यक्ष
२.बिनोद डाँगी महामन्त्री

केन्द्रीय सदस्य (खुल्ला)
१.मेदनी प्रसाई
२.राधेबेन्द्र कुमार श्रीबास्तव
३.गोबिन्द नाथ मिश्र
४.देवी प्रशाद निरौला
५.लक्ष्मी प्रसाद भण्डारी
६.झंकर बहादुर बिष्ट
७.मनोज कुमार सुर्खेति

प्रदेश नं १
१.तीर्थ राज घिमिरे
२.मा.मिलन कुमारी राजंबशी

प्रदेश नं २
१. सन्तोष कुमार पौडेल
२.रिता महत्तो

प्रदेश नं ३
१.गणेश कुमार श्रेष्ठ
२. गोमादेवी दहाल

प्रदेश नं ४
१.प्रकाशबाबु थापा

प्रदेश नं ५
१. अशोक कुमार चौधरी
२.जानकी घिमिरे अर्याल

प्रदेश नं ६
१.रुपसिँह भण्डारी
२.कमला कुमारी के.सी

प्रदेश नं ७
१ साबीत्री देवी बम
२. नबिन राज जैसी बजगाई

दलित : मोहन लाल चदरा
पिछडाबर्गः सन्तोष दास
मुस्लीम :अब्दुल क्युम शाह
मधेशी : मनोज लाल कर्ण
आदिबासी जनजाति :शेर बहादुर योन्जन