समयमानै पुलनबन्दा स्थानियलाई सास्थि

0 12

bridge1

काठमाडौं असार, १८ । कालीगण्डकी नदीमा आएको बाढीले तनहु र नवलपरासी जोड्ने निर्माणाधिन पुल भिसण बाढीले बगाएको छ ।

गएराति नदीमा पानीको बहाव बढेर आउँदा निर्माणाधीन पुलको केही भाग बगाएको इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी नावय निरीक्षक खेम विसीले जानकारी दीए ।

तीन दिन देखि लगातार आएको खोलामा आएके बाढीका कारण कालीगण्डकी डेढगाउँ पुल बगाएको छ । स्थानीय बासिन्दाले ठेकेदारले बेलामा काम सम्पन्न नगर्दा खोलाले उत्त पुलको आधा भाग बगाएको जनाएको छ ।

खोलाले आएको ठुलो बाडीले नवलपरासीतर्फको भाग बगाएको छ । बन्दै गरेको अवस्थाको उक्त पुल ४ भागको लगभग एक भाग बगाइदिएको प्रहरी नावय निरीक्षक खेम विसीले बताए ।

तनहू र नवलपरासी जोड्ने पुल निर्माण सम्पन्न भएपछि नवलपरासीको दलदलेबाट डेढगाउं हुंदै तनहूको भिमाद पोखरा जोड्ने पहाडी मार्ग पूर्ण रुपमा सञ्चालनमा आउने थियो ।

उक्त नदी वारपार गर्नका लागि झलुङ्गे पुलको साहारामा स्थानीयले नदी पार गर्ने गरेका छन्।