तातो पेय पदार्थको पिउनाले अन्ननली अर्थात इसोफेगसको क्यान्सरसम्म हुन सक्ने खतरा

0 9

तातो खानेकुरा खानाले जिभ्रोमा घाउ हुन सक्ने कुरा त सबैलाई थाहानै छ । तर धेरै तातो चिया ,पानी, कफी जस्तो पेय पदार्थ खानाले अन्न नलीमै घाउ हुनसक्ने बारे तपाईहरुलाई कत्तिको थाह छ ।

हो, विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले भर्खरै सम्पन्न गरेको एक प्रयोगसालाको अध्ययनले धेरै तातो पेय पदार्थको पिउनाले अन्ननली अर्थात इसोफेगसको क्यान्सरसम्म हुन सक्ने खतरा देखिएको छ । उक्त अध्ययन अनुसार विशेषगरी ६५ डिग्री सेन्टिगे्रटभन्दा धेरै तातो पेय पदार्थको पिउनाले अन्न नलीमा क्यान्सर हुनसक्ने सम्भावना देखिएको हो ।

तर त्यही पदार्थ कोठाको तापक्रम अनुसार पिउने गर्नाले यसले लिभर, पाठेघर, तथा ब्रेस्ट क्यान्सरको जोखिम कम गर्न मद्दत डब्लुएचओले जनाएको छ । अध्ययन डब्लुएचओ अन्र्तगतको इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आइएआरसी० ले गरेकोे थियो ।

तातो पेय पदार्थ सम्बन्धि एक हजारभन्दा बढी लेखको समिक्षा पश्चात आइएआरसीले तातो पदार्थले अन्न नलीको क्यान्सर उत्पन्न गर्न सक्ने निष्कर्ष निकालेको हो ।

संसारकै सबैभन्दा धेरै रुचाइएको पेय पदार्थको समिक्षामा भाग लिएकी इपिडेमोलोजिस्ट डाना लोमिसले भनिन् ।

सन् १९९१ मा गरिएको पछिल्लो अध्ययनले यी दुवैलाई क्सान्सर गराउन सने तत्वमा वर्गीकृत गरेको थियो ।

‘त्यसबेलाको प्रमाणले कुनै पनि पेय पदार्थले क्यान्सरको जोखिम उच्च गराउने जनाएको थिएन’, आइएआरसीले भन्यो ।

‘विशेषगरी इरान, टर्की चीन, लगायतका ठाउँमा जहाँ यसको अध्ययन गरिएको थियो । त्यहाँ धेरै तातो चिया, कफी, मेट लगायतका पेय पदार्थको सेवन गर्नेहरुमा अन्ननलीको क्यान्सर उनीहरुले सेवन गर्ने तापक्रम अनुसार बढी भएको पाइयो,’ ड्ब्लुएचओले बतायको छ ।
डब्लुुएचओकै एक तथ्यांक अनुसार अन्ननलीको क्यान्सरकै कारण विश्वमा वर्षेनी चार लाख मानिसले ज्यान गुमाउने गरेका छन् ।