सेञ्चुरी कमर्सियल बैंकले भिसा क्रेडिट कार्डको पनि शुरु गर्यो

0 9

काठमाडौं ६ । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी भिसा क्रेडिट कार्डको पनि शुरुवात गरेको छ । ग्राहकहरुले क्लासिक र गोल्ड दुई प्रकारका क्रेडिट कार्डको सुविधा लिन पाउने भएका छन् ।
ग्राहकको सुविधालाई ध्यानमा राख्दै सेञ्चुरी बैंकले भिसा क्रेडिट कार्डको सेवा बैंकको ३१ वटै शाखाहरुबाट उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७२ र ७३ को चैत्र मसान्तसम्म यो बैंकले २६ अर्ब १ करोड रुपैयाँ कुल निक्षेप संकलन गरी २२ अर्ब ८३ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । बैंकले चैत मसान्तसम्म २३ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

२०६७ फागुन २६ गते काठमाडौंको पुतलीसडकबाट ३१औं वाणिज्य बैंकको रुपमा बैंकिङ कारोवार सुरु गरेको यस बैंकका हालसम्म ३१ वटा शाखा, २८ वटा एटीएम र ८ वटा शाखारहित बैंकिङ र ३ वटा एक्सटेन्सन काउन्टर रहेका छन् ।