युरो प्रिभ्यु : अल्बानिया भर्सेस रोमानिया,दुवैटोली गर या मरको स्थितिमा

0 10

13487410_1085778534802393_505158065_n

एजेन्सी,असार ५ । युरोकपमा आज समूह ए का अन्तिम दुई खेल हुँदैछन्। मध्यरात १२:४५ बजे हुने खेलमा स्विट्जरल्याण्ड र फ्रान्स तथा रोमानिया र अल्बानिया भिड्दैछन्। स्वीट्जरल्यान्ड र फ्रान्ससँग हारेको अल्बानियालाई रोमानियाविरुद्ध हुने खेल गर या मरको स्थितिमा रहेको छ ।

लियोनमा रोमानियालाई पनि प्रतियोगितामा कायमै रहनका लागि गर या मरको अवस्था छ । पहिलो खेलमा फ्रान्ससँग २–१ ले हारेपछि रोमानियाले स्वीट्जरल्यान्डविरुद्ध १–१ को बराबरी खेलेको थियो । रोमानियाको टोली फ्रान्स युरो–कपको सशक्त टोलीमा रहने विश्वास गरिएको टोली रोमानिया पनि एक हो ।

युरो–कपमा भने रोमानियाको इतिहास राम्रो छैन । रोमानिया सन् २००० को युरो–कपको क्वार्टरफाइनलमा पुगेको थियो । क्वार्टरफाइनलमा रोमानिया इटालीसँग पराजित भएको थियो । त्यो नै रोमानियाको युरो–कपमा सबैभन्दा ठूलो उपलब्धि हो । किपर – कार्पियन टटारुसनु डिफेन्स – क्रिस्टियन सपुनारु, भ्लाड चिरिचेस, ड्रागोस ग्रिगोरे, राजभन चुहा मिडफील्डर – मिहाई पिन्टिलिई, ओभिडिउ होबन, एड्रियन पोपा, निकोलाय स्टनसिउ फारवार्ड – क्लाउडिउ केसेरु, बोग्डान स्टनचु अल्बानिया फिफाको बरियतामा ४२औं स्थानमा रहेको अल्बानिया अगस्त २०१५ मा २२औं स्थानसम्म पुगेको थियो ।

सन् १९९७ मा १२४औं स्थानमा रहेको अल्बानियाले त्यहाँबाट निरन्तर प्रगति गरिरहेको छ । पहिलो पटक ठूलो प्रतियोगिता खेलिरहेको अल्बानिया युरो २०१६ को समुह ’ए’मा अल्बानिया सहित फ्रान्स रोमानिया र स्वीट्जरल्याण्ड रहेका छन् । समूह चरणको पहिलो खेलमा स्वीट्जरल्याण्ड सग १–० गोल अन्तरले पराजित भएको थियो ।