पक्राउ परेका ३६ जना नक्कली डाक्टरको नामावली सार्वजनिक (विवरणसहित)

0 15

काठमाडौं,असार ५ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नक्कली प्रमाणपत्रका आधारमा डाक्टर भएका ३६ जनाको नाम सार्वजनिक गरेको छ ।

सिआइबी, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदद्धारा संयुक्त रुपमा गरिएको छानविन पश्चात, बिभिन्न जिल्लाहरुबाट पक्राउ परेका डाक्टरहरुको नाम आज सार्वजनिक भएको हो ।

विज्ञप्ति अनुसार काठमाडौंमा ८ पुरुष र ५ महिला गरी १३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा दोस्रो स्थानमा छ । त्यहाँबाट ९ जना पुरुष डाक्टर पक्राउ परेका छन् ।

यसैगरी चितवनबाट ३, ललिपुरबाट २, धनुषाबाट २ सुनसरीबाट १, झापाबाट एक र कास्कीबाट एक जना पक्राउ परेका छन् । ट्रमा सेन्टरदेखि नर्भिक अस्पतालसम्म नक्कली प्रमाणपत्रधारी डाक्टर पाइएका छन् ।

13493023_1085843274795919_1600791185_n

13472338_1085843271462586_1470516978_n

13479393_1085843268129253_1815317917_n