रक्सी खाँदा गयो ज्यान

0 11

 

काठमाडौ असार ५ । धेरै रक्सी सेवनबाट महोत्तरीमा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको सहसौला गाविस–६ बस्ने ४० वर्षीय प्रकाश मल्लिक उनका बुवा ७० वर्षीय रामवृक्ष मल्लिक, र गौशाला नगरपालिका–७ का पञ्च मल्लिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गएराति १० बजेसम्म विनोद महराको रक्सी पसलमा रक्सी पिएर घर गएका थिए आज बिहान करीव २ बजेदेखि ४ बजेको बीचमा घरमै मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

यसैबीच रक्सी पिएर औरही गाविस–३ का बद्री मल्लिक र रक्सी पसले विनोद महरा पनि सिकिस्त बिरामी भएका छन् मल्लिकको उपचार इलाका हेल्थ पोष्ट भइरहेको छ भने महरालाई परिवारजनले उपचारका लागि जिल्ला बाहिर लगेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

मृतकहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल, जलेश्वरमा ल्याउने तयारी भइरहेको छ भने प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ ।