चट्याङ लागेर दुईको मृत्यु

0 16

काठमाडौ असार ५ । हेटौँडा उपमहानगरपालिका वडा नं २७ शनिबार साँझ हुरी बताससँगै परेको चट्याङले दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सोही वडा बस्ने २५ वर्षीय कुमार वल र ४६ वर्षीया तारा रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त चट्याङमा परी स्थानीय बासिन्दा पाँच जना सामान्य घाइतेका छन् उक्त घाइतेहरुको स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइरहेको प्रहरीले जनाएको छ ।