भेरी नदीमा बस दुर्घना , तीन घाइते

0 10

 

काठमाडौं, ५ असार, । सल्यान देवस्थलस्थित भेरी नदीमा बस खसेको छ ।भेरी राप्ती यातायातको ना ४ ख ५९४४ नम्बरको बस देवस्थल ६ आम्रा भन्ने ठाऊमा सडकबाट करिव १ सय १० मिटर तल नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले बतायको छ ।

विहान करिव ६ः३५ बजेतिर सुर्खेत धारपानीबाट सल्लीबजार(नेपालगञ्जको क्युका लागि आउँदै गर्दा बस नदीमा खसेको जिल्ला प्रहरी प्रमुख डीएसपी श्याम खत्रीले बताए।

बससँगै नदीमा डुबेका बसका चालक, गाडी धनी र सहचालकलाई नेपाल प्रहरी तथा नेपाली सेनाले उद्धार गरि हस्पीटल पुर्‍याएको खत्रीले जानकारी दिए । उनीहरुको उपचार भइरहेको छ ।

बसमा यात्रु नभएकाले ठूलो क्षती हुन पाएन । बस अझै नदीमै रहेको प्रहरीले जनाएको छ ।