एमालेमा मौलायो गुटबन्दी, गुटभित्रै दर्जन उपगुट

0 10

काठमाडौं, ५ असार। सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेमा औपचारिक रुपमा दुई गुट देखिए पनि त्यसभित्र उपगुट सक्रिय रहेका पाइएको छ ।

पार्टीभित्र पनि आफ्नो शक्ति बढाउन र बार्गेनिङका लागि विभिन्न नेताको नेर्तत्वमा गुट उपगुटहरु सक्रिय रहेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षेले आफ्नो गुटलाई थप क्रियाशील बनाउँदै लगेको आजको राजधानी दैनिकमा समाचार छ ।

संस्थापनसँग असन्तुष्ट पक्षको नेतृत्व नेपालले गर्दे आएका छन् । ओली नेतृत्वको संस्थापनलाई काउन्टर दिन वरिष्ठ नेता नेपालले नवौं महाधिवेशनमा आफूतिर लाग्नेको नेतृत्व गरिरहेका छन् । तर, संस्थापन र नेपाल समूहभित्रै पनि एक दर्जनभन्दा बढी उपगुट सक्रिय छन् ।

एमालेमा मूलतः विचार र सिद्धान्तका हिसावमा खासै विवाद नदेखीएपनी । नीति, विचार र सिद्धान्तमा मतान्तर नभए पनि पार्टीभित्र र गुटभित्र पनि आफ्नो पकड जनाउन गुटउपगुट बनेका छन् ।

एमालेमा मदनभण्डारीका नाममा खोलिएका संस्थामार्फत गुटबन्दी भइरहेको छ । संस्थापन पक्षले मदन भण्डारी फाउन्डेनस र नेपाल पक्षेले मदन भण्डारी अध्ययन केन्द्रका नाममा गुट चलाइ रहेका छन् ।

केपी ओली गुट र माधव नेपाल गुट मुख्य भएपनि एमालेमा उपगुटहरु पनि सक्रिय रहेका छन् । संस्थापनमा वामदेव गौतम, सुवास नेम्वाङ, शंकर पोखरेले प्रदीप ज्ञवाली पक्षका नेता कार्यकर्ताको जमात तयार पारेका छन् ।

नेपाल पक्ष्यधर गुटमा रहेका झलनाथ खनाल, घाश्याम भुसाल,युवराज ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई, सुरेन्द्र पाण्डे लगायतका नेताहरुको उपगुटहरु सक्रिय छन् ।