सशस्त्र द्वन्द्वको आलो घाउ

0 13

images (2)

काठमाडौं ५ असार । सशस्त्र द्वन्द्व सकिएको करीब १० वर्ष बितेको छ । तर द्वन्द्व पीडितका पीडा भने अझै ताजै छन् ।

सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता भने ठूलो पद लिएर सहरतिर कुलेलाम लागे भने द्वन्द्वकालीन समयमा गम्भीर घाइते भएका र अहिले सम्मपनि पुरानो घाएको पीडा कम गर्न नजिकको स्वास्थचैकी धाइरहेका छन् ।

बाँके जिल्लाको कोहलपुर नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा द्वन्द्वका गम्भीर घाइते भएका सरजन बिक, उनका श्रीमती माया विकको सहारामा हृविल चेयरमा गुड्दै गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

तत्कालीन विद्रोही माओवादीका लडाकु विक २०६२ सालको अन्तिमतिर बुटबलको फूलबारी व्यारेक आक्रमणका क्रममा गम्भीर घाइते भएका थिए । विकको कम्मरभन्दा तलको भाग अचेतना अवस्थामा छ ।

विक जस्ता द्वन्द्वका समयमा गम्भीर घाइते भएका धेरै अहिले पनि उपचारको क्रममा छन् ।

द्वन्द्वमा गम्भीर घाइते भएकालाई राज्यले क वर्गमा परेकालाई १२ हजार चार सय र ख बर्गमा परेकालाई मासिक ६ हजार चार सय दिँदै आएको छ । पीडितले कर्मचारी र वृद्धवृद्धाको तलब भत्ता बढेको तर आफूहरुको नवढेकामा दुख व्यक्त गरेका छन् ।