मुलुकका राष्ट्रिय शक्तिहरु एक भएको दिन मात्र संक्रमणकाल समाप्त हुने – कार्की

बरिष्ठ पत्रकार तथा सम्पादंकहरुको भेटघाट कायक्रम

0 7

बरिष्ठ पत्रकार तथा सम्पादंकहरुको भेटघाट कायक्रम

news royal
नेपाल पत्रकार तथा लेखक समाजले गत शुक्रबार राजधानीमा मुलुकको वर्तमान अवस्था विषयमा छलफलका लागि वरिष्ठ पत्रकार तथा सम्पादकहरुको भेटघाट कार्यक्रमको आयोजना ग¥यो ।
उक्त कार्यक्रममा आफ्नो धारण राख्दै लेखक तथा राजनीतिक चिन्तक डा. के बी. रोकायाले नेपाल धर्मनिरपक्ष हुन नहुने धारणा राख्दै नेपालको ३ पहिचान हिन्दू धर्म, सेना र राजसंस्था रहेको धारण समेत ब्यक्त गरे ।
देश धर्मनिरपक्ष रहँदा नैतिक मूल्य र मानयतामा ह्रास आउँने कुरामा उहाँको जोड थियो ।
डा. रोकायाले सम्पादक लेखकहरुले राष्ट्र र राष्ट्रियताप्रति गम्भीर भएर कलम चलाउनका लागि आग्रह गरेका थिए ।
कार्यक्रममा अतिथिका रुपमा बोल्दै प्रेस काउन्सील नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले मुलुकका राष्ट्रिय शक्तिहरु एक भएको दिन मात्र संक्रमणकाल समाप्त हुने बताएका थिए ।
मुलुक एउटा खास लक्ष्य र दिशालाई अवलम्बन गरी अगाडी बढिसकेको अवस्थामा अब पछाडी फर्किने र मोडिने अवस्था छैन भन्दै उनले नेपाली पत्रकारीताले राष्ट्रिय चिन्तन गरेर राष्ट्रलाई एकत्रित बनाउन भूमिका खेल्नुपर्नेमा यो भूमिकाको कमी देखिएको कुरा राख्नु भएको थियो ।
अर्का लेखक तथा विश्लेषक डा. सुरेन्द्र के.सी.ले हरेक क्षेत्रमा नेपाली नेपालीबीच बिभाजन ल्याउने देशी विदेशी शक्ति सक्रिय रहेको तर्फ नेपाली पत्रकारहरु चनाखो हुनुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रमा बोल्दै अर्का बक्ता वरिष्ठ पत्रकार प्रेम कैदीले अहिलेका नेताहरुमा राष्ट्रिय स्वार्थको अभाव रहेको भन्दै पार्टीका भजन गाउने र चाकडीमा लेख्नेहरुलाई मात्र नेताहरुले पत्रकार ठान्ने र मान्ने गरेको बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार निमकान्त पाण्डेले मुलुक गम्भीर दुर्घटनातर्फ उन्मुख रहेको भन्दै नेपाली पत्रकारहरुको काँधमा राष्ट्र जगाउने प्रमुख जिम्मेवारी आएको उल्लेख गरेका थिए ।

Royal news
कार्यक्रममा नेपाल पत्रकार तथा लेखक समाजका अध्यक्ष गोरखबहादुर बिसीले वरिष्ठ पत्रकार र सम्पादकहरु अब एक ठाउँमा बसेर मुलुकका जल्दाबल्दा समस्याहरुको उजागर गर्ने साझा मञ्च भएको जानकारी दिदै विशेष गरी राष्ट्र राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको बारेमा समाजले आफ्नो लेखन तथा सूचना प्रवाह गर्ने काम अगाडी बढाईरहेको विषयमा प्रकाश पारेका थिए ।

Royal tims f Royal times royal news1

You might also like More from author