कर्णेल कुमार लामा विरुद्ध बेलायती अदालतमा सुनुवाई हुँदै

0 5

लण्डन,जेठ २८ । द्धन्द्धका समयमा माओवादी बिरुद्धको कारवाहीमा चरम मानवअधिकार हनन गरेको अभियोगमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामाविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको छ । लण्डनको चर्चित सेन्ट पल्स गिर्जाघर नजिकै रहेको ओल्ड बेली केन्द्रिय फौज्दारी अदालतमा जस्टीस स्वीनीको इजलासमा लामा बिरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको हो ।

लामा माथि कपिलवस्तु गोरुसिंगेस्थित सेनाको ब्यारेकमा थुनामा रहेका दुईजना सर्वसाधारणलाई यातना दिएको अभियोग छ । तर लामाले भने आरोप अस्विकार गर्दै आएका छन् । लामा सो समयमा गोरुसिंगेस्थित सेनाको ब्यारेकका प्रमुख रहेका थिए । लामा सन् २०१३ मा दक्षिण सुडानस्थित संयुक्त राष्ट्र संघको शान्तिस्थापनार्थ खटेका बेला विदामा बेलायत रहेकी श्रीमती भेट्न जाँदा मेट्रो पोलिटन पुलिसले पक्राउ गरेको थियो ।