१ लाख ७१ हजार भूकम्प पीडितलाई ५० हजार उपलब्ध गराउन निर्देशन

0 9

२७ जेठ,काठमाडौं ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १ लाख ७१ हजार ६ सय ७७ भूकम्पपीडित परिवारहरुलाई पहिलो किस्ताको अनुदान रकम वितरण थाल्ने भएको छ । पहिलो किस्ताको अनुदान रकम वितरणका लागि बैंकमार्फत वितरण गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई निर्देशन दिएको छ ।
नेपाल बैंकर्स एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियसन र नेपाल फाइनान्सियल इन्स्टिच्यूसन एशोसियसनसँग जेठ १४ गते भएको समझदारी पत्र अनुसार प्राधिकरणले केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई स्थानीय स्तरमा जिल्ला विकास समिति मार्फत सेवा प्रदायक बैंकहरुसँग समन्वय गरी अनुदान वितरणको कार्य अघि बढाउन निर्देशन दिएको हो ।

प्राधिकरण र तीन वटा बैकर्स एशोसियसनबीच भएको समझदारीपत्र अनुसार अनुदान रकम वितरणका लागि प्राधिकरण र ५३ वटा बैंकबीच छुट्टाछुट्टै सम्झौता भइसकेको छ ।

प्राधिकरणले जिल्ला समन्वय उपसिमितिलाई स्थानीय आवश्यकता अनुसार बैंकहरुबाट प्राप्त क्षेत्रगत विभाजनको सूचीमा आपसी समझदारीबाट गाविस तथा नगरपालिकाहरु एवं घरधनीहरुको संख्यामा आवश्यक परेमा समायोजन गर्न समेत गर्न सक्ने व्यवस्था गरेको छ ।

बैंक र अनुदान पाउने सूचीमा परेका थप घरधनीको क्षेत्रगत विभाजन गरी अनुदान रकम वितरणलाई प्रभावकारी बनाउन लागी परेको छ ।

अनुदान रकम वितरणका लागि प्राधिकरणले यस अघि नै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई १२ अर्ब ४४ करोड ६८ हजार रुपैयाँ निकासा गरिसकेको छ । इकाईमार्फत विभिन्न जिल्ला विकास समितिहरुलाई गत वैशाख २६ गते रकम निकासा भइसकेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार २०७३ साल चैत्र २५ गतेसम्म अनुदान पाउने सूचीमा परेका ६४ हजार ३ सय २० घरधनीसँग अनुदान सम्झौता भइसकेको छ ।

भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा ७ लाख १७ हजार ७ सय १८ घरधनीको सर्भेक्षण गरिएको थियो । त्यस मध्ये ५ लाख ३३ हजार ४ सय ५४ घरधनीको नाम अनुदान पाउने सूचीमा परेको छ छ । क्षतिको मापदण्डभित्र नपरेका १ लाख ८४ हजार २ सय ६४ घरधनीको नाम अनुदान पाउनेको सूचीमा समावेश भएको छैन ।
सर्भेक्षणका क्रममा घरको क्षतिलाई १,२,३,४ र ५ तहमा राखिएको थियो । घरको धेरै क्षति भएका ३,४ र ५ तहमा परेकाहरुलाई मात्र अनुदान पाउने सूचीमा राख्ने व्यवस्था छ । क्षतिको १ र २ मा परेका घरहरुको मर्मत गरी बस्न सकिने भएकाले सूचीमा नपरेका हुन् ।

पर्नु पर्ने घरधनीहरु नपरेको भएमा गुनासो प्रणाली मार्फत सम्बोधन गरिने व्यवस्था मिलाइसकिएको छ । हालसम्म २८ हजार भन्दा बढी गुनासाहरु प्राप्त भई छानविनको क्रममा रहेका छन् । वास्तविक भूकम्प पीडित भएको पाइएमा अनुदान प्राप्त गर्ने घरधनी अनुसारकै सुविधा उपलब्ध गराउने व्यवस्था छ ।

अनुदान पाउने सूचीमा नाम नपर्नु पर्ने घरधनीहरुको नाम परेको र झुटा विवरण पेश गरी अनुदान रकम रकम लिएको पाइएमा प्रचलित कानून बमोजिम सरकारी बाँकी सरह असुल उपर गर्ने व्यवस्था छ ।
एक लाख ७१ हजार भूकम्प पीडितलाई ५० हजार उपलब्ध गराउन निर्देशन
काठमाडौं ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १ लाख ७१ हजार ६ सय ७७ घरधनीहरुलाई पहिलो किस्ताको अनुदान रकम वितरणका लागि बैंकमार्फत वितरण गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई निर्देशन दिएको छ ।