नेपाल भारत सुरक्षा बैठक आजदेखि,भारतले दिएको थोत्रो हेलिकोप्टरको विषय छलफलमा

0 9

काठमाडौं,जेठ २७ । सुरक्षासम्बन्धी नेपाल भारत बैठक आजदेखि नयाँ दिल्लीमा सुरु हुने भएको छ । सैन्य सामग्री खरिद र नेपाली सेनालाई भारतले उपलब्ध गराउने हेलिकप्टरको विषयमा बैठकमा छलफल हुनेछ ।

बैठकमा दुई वर्ष अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला नेपाललाई दिएको हेलिकप्टर बिग्रिएर प्रयोगमा नआएको विषयमा पनि छलफल हुनेछ । भारतले उपहारमा दिएको भन्दै नेपाली सेनाले प्रयोग गर्नेगरि उसले प्रयोग गर्दै आएको सेकेण्डहेण्ड हेलिकोप्टर जुन एकदमै कम प्रयोगमा थियो नेपाललाई दिएको थियो ।

एक अधिकारीका अनुसार त्यो हेलिकप्टर मर्मत गर्ने या त्यसको साटो अर्को लिने विषयमा भारतीय पक्षसँग छलफल हुनेछ । हरेक वर्ष नियमित रूपमा बस्नुपर्ने सुरक्षासम्बन्धी परामर्श बैठक गतवर्ष नेपालको आन्तरिक राजनीतिक परिस्थितिका कारण बस्न सकेको थिएन ।

बैठकको पूर्वसन्ध्यामा नेपाली र भारतीय अधिकारीबीच अनौपचारिक तयारी बैठकसमेत भएको छ । आजको वार्तापछि नेपाली टोलीले भोली भारतीय सेनाका सेनापतिसँग समेत भेटघाट गर्ने कार्यक्रम छ ।