अराजक नेता कार्यकर्ता छुटाउन गरेको चन्दको बन्द, काठमाडौंमा मन्द

0 7

काठमाडौं,जेठ २६ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आज नेपाल बन्द गराएको छ । बन्दको सामान्य प्रभाव परेको छ । काठमाडौं उपत्यकासहित अधिकांस शहरमा गाडीहरु चलिरहेका छन् । काठमाडौं उपत्यकामा अरु दिनको भन्दा केही कम गाडी चले पनि प्रभाव भने खासै नपरेको प्रहरीले जनाएको छ । ठाउँठाउँमा यातायातमा तोडफोड र आगजनी बन्दकर्ताले गरेका छन् ।

आफ्ना नेता तथा कार्यकर्ता रिहाइसहित विभिन्न माग राख्दै चन्द नेतृत्वको माओवादीले बन्द गरेको जनाएको छ । भाडाका सवारी साधान कम चले पनि निजी सवारी साधन साधन भने चलेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।