विप्लब माओवादीको बन्दले जनजीवन प्रभावित,बन्दकर्ताको निशानामा साझाबस

0 8

काठमाडौं,जेठ २७ । विप्लब नेतृत्वको माओवादीले आयोजना गरेको बन्दका कारण जनजीवन प्रभावित बनेको छ । बन्दकर्ता विना नै सडकमा भाडाको गाडीहरु चलेका छैनन् । निजी सवारी साधन भने निर्वाधरुपमा सञ्चालन भइरहेका छन् । चोक चोकमा सुरक्षाकर्मीको उल्लेख्य उपस्थिति रहेको छ ।

बन्दकर्ताले कोटेश्वरमा बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेलामा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ । बन्दका क्रममा साझा बसमा तोडफोड भएको छ । राजधानीको त्रिपुरेश्वर नजिक साझा बसमा ढुंगा प्रहार गरेका छन् । ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।