वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको निधन

0 15

 

काठमाडौं,जेठ २४ । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको निधन भएको छ । लामो समयदेखि बिरामी पर्नु भएका गुरुङको सोमवार विहान काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । महीनादिन अघिमात्र भारतमा उपचारपछि फर्कनुभएका गुरुङ रोगले च्यापेपछि हप्तादिन अघि अस्पताल भर्ना हुनुभएको थियो ।

अन्ननलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ राष्ट्रिय गानका सङ्गीतकार समेत हुनुहुन्छ । गुरुङको निधनपछि उहाँप्रद्धि श्रद्धाञ्जली व्यक्त गर्न साहित्यकार, सङ्गीतकर्मी लगायत उनका प्रशंसकहरुले अस्पतालमा भिड लाग्न थालेको छ ।