उपत्यकाको पुनर्निर्माण अझै अनिश्चित

0 11

काठमाडौं,जेठ २३ । विनाशकारी भूकम्पबाट ध्वस्त काठमाडौं उपत्यकाको पुनर्निर्माण अझै विलम्ब हुने देखिएको छ। लागत संकलनसम्बन्धी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार गरेको ‘भेरिफिकेसन मोडल’ दातृ निकायले चित्त नबुझाएपछि उपत्यकाको पुनर्निर्माणमा विलम्ब हुने देखिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले दातृ निकायसँग भएको असमझदारी हटाउने प्रयास भइरहेको बताए । ‘दातृ निकायसँग केही असमझदारी भएकामा अहिले हटाउने प्रयास भइरहेको छ । हट्नासाथ उपत्यकामा पुनर्निर्माणको काम अघि बढ्छ। यसका लागि केही अवधि लाग्न सक्छ,’ उनले भने।

पुनर्निर्माणका लागि आवश्यक स्रोत अझै जुटेन दातृ निकाय र प्राधिकरणबीचको असमझदारीकै कारण पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटेको छैन। विशेषगरी प्राधिकरणको भूकम्पपीडित ‘भेरिफिकेसन मोडल’ मा विश्व बैंक सहमत हुन सकेको छैन। प्राधिकरणका अनुसार उपत्यकामा लागत संकलनकै लागि ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ।

लागत संकलन गर्नसमेत प्राधिकरणसँग बजेट छैन प्राधिकरणसँग लागत संकलनका लागि खर्च गर्ने रकमको समेत अभाव छ। ‘पुनर्निर्माणका लागि ठूलो मात्रामा स्रोतसाधनको आवश्यकता छ। त्यो स्केलको स्रोतसाधन नभएर पनि हो सुरु हुन नसकेको। व्यवस्थापनका लागि प्राधिकरण लागिपरेको छ,’ प्राधिकरणका प्रवक्ता थपलियाले भने, ‘सरकार पनि यसमा सहमत छ । अब चाँडै काम अघि बढ्छ ।’