रामशरणलाई सिध्याइदिने धम्कीपछि संसदमा उपद्रो

0 14

ramsharan-mahat3 

काठमाडौं,जेठ २१ । केपी ओली नेतृत्वको सरकारले नहुने मामा भन्दा कानो मामा नै जाति भने जस्तै गरी औसत प्रकारको बजेट प्रस्तुत गरेपछि काँग्रेस भित्र घर झगडा चुलिएको छ । २०४६ सालपछि एकाध समय बाहेक प्राय सबै समय सरकारमा बसेको काँग्रेसकै कारण मुलुक टाट पल्टिएको छ ।

आजको जनआह्वान साप्ताहिकमा खबर छ–उद्योग धन्दाहरु कौडीको भाउमा लिलाम गरिए र ट्रली बस इतिहास भयो , साझा यातायात इतिहास भयो । हेटौडा काठमाडौँ रोपवेको खण्डहरले गिज्याइरहेको छ । सात हजार प्रतिव्यक्ति ऋणबाट आज प्रतिव्यक्ति ऋण २२ हजार पुगेको छ । यो सबै काँग्रेसको देन हो । उद्योग धन्दा बन्द गराएर भारतको एकाधिकार बजार बनाउने श्रेय पनि काँग्रेसलाई जान्छ । रोजगारी कटौती गरेर नेपाली युवालाई खाडीमा धकेल्ने जिम्मा पनि काँग्रेस नै लिएको हो ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षदेखि सात पटक अर्थमन्त्री बन्दा डा रामशरण महत नामका नुवाकोटे काँग्रेसले नेपालको अर्थतन्त्रलाई रसातलमा पुर्याए । विदेशीलाई खुला रुपमा नेपालको चोटा कोठा चहार्न दिए । जसको प्रतिफल नेपाली जनता अहिले अभाव बेरोजगारीबाट आहात भएका छन् ।

जति पटक अर्थमन्त्री भएपनि डा महतले नेपालको पक्षमा नेपाली जनताको पक्षमा कुनै पनि सिन्को नभाचेको तथ्य स्पष्ट छ । बरु उनले कर छल्ने व्यापारिलाई घरमै बोलाएर छुट दिने वातावरण तयार पारेका थिए । पूथ्वीबहादुर पाण्डेहरुसँग घरायसी नाता जोडेर कालो धनलाई सेतो बनाएको तथ्य पनि काँग्रेसी जनलाई राम्ररी थाहा छ ।

पटक पटक अर्थमन्त्री बन्दा पनि लोकप्रिय कार्यक्रम किन नल्याएको भन्दै काँग्रेसका सांसद दीपक गिरिले डा महतलाई प्रश्न गरे , ए डाक्टर तिम्ले बजेट ल्याउँदा कुन चाहि लोकप्रिय कार्यक्रम ल्याया,ै एक दुई तिन गनेर देखाऊँ त ? गिरि मात्रै होइन चन्द्रकान्त भण्डारी पनि डा महत माथि आइलागे आफू दश पटक मन्त्री बन्दा वरको सिन्को पर नसार्ने अनि अरुलाई दोष लगाएर पानीमाथिको ओभानो बन्ने ?