अान्दोलनका विषयमा मोर्चा र गठबन्धन विभाजित

0 11

 Madeshi-Morcha-Meeting

 

काठमाडौं,जेठ २१ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ घटक २९ दलीय संघीय गठबन्धनप्रति असन्तुष्ट भएका छन्। झन्डै तीन महिनापछि बिहीबार बसेको मोर्चाको बैठकमा असन्तुष्ट दलका नेताहरूले मोर्चालाई माइनस गरेर गठबन्धन गठन गरिएको आरोप लगाएका छन्। बैठकमा मोर्चा र गठबन्धनबीच सम्बन्ध र भविष्यबारे असन्तुष्ट नेताले प्रश्न उठाएका छन्। तर, गठबन्धनका संयोजक तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मोर्चालाई माइनस गर्न नखोजेको र मोर्चाको अस्तित्व अस्वीकार नगरिने बताएका थिए।

तमलोपाको कार्यालयमा बसेको बैठकमा आगामी आन्दोलन, मोर्चाको भविष्य र सरकारसँगको वार्ताबारे छलफल भएको थियो। मोर्चाले आन्दोलनका छुट्टै कार्यक्रम तय गर्ने विषयमा अधिकांश नेताले धारणा राखेका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ ।

‘मोर्चाको बैठकमा मधेस आन्दोलनको निरन्तरता र गठबन्धनले अलग–अलग आन्दोलन गर्नेबारे छलफल भयो,’ सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने। गठबन्धनप्रति तमलोपा, सद्भावना, फोरम गणतान्त्रिक संघीय सद्भावना, तमसपा, राष्ट्रिय मधेस समाजवादी पार्टी असहमत छन्।

असन्तुष्ट नेताहरूका अनुसार गठबन्धनको संयोजकमा उपेन्द्र यादव रहेको तथा दस्ताबेजमा मधेस आन्दोलनको योगदानबारे कम आँकलन गरिएकोमा असन्तुष्टि बढेको हो।